
काठमाडौं ।
चिनियाँ मोबाइल ब्रान्ड एनजोन (NZONE) ले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन लन्च गर्ने भएको छ। एक रिपोर्टकाअनुसार चाइना मोबाइल ब्राण्डको सब ब्राण्डले आफ्नो नयाँ स्मार्टफोन जनवरी ५ मा अर्थात आज लन्च गर्न सक्छ।
रिपोर्टका अनुसार यो फाइभजी स्मार्टफोन हुनेछ। गत नोभेम्बरको सुरुमा, एक टिपस्टरले पनि यो स्मार्टफोनको लन्च तर्फ औंल्याएका थिए।
गिज्मोचाइनाको रिपोर्ट अनुसार, चीनको टेलिकम अपरेटर चाइना मोबाइलको सब ब्राण्डको रुपमा एनजोन ब्रान्डले आफ्नो नयाँ स्मार्टफोन जनवरी ५ मा चिनियाँ समयअनुसार दिउँसो २ः३० बजे लन्च गर्न सक्छ। यो स्मार्टफोन एनजोन एस ७ सिरिजको हुने बताइएको छ जसमा ५जी कनेक्टिभिटी पनि हुनेछ।
वेबोमा फोनको टिजरहरूले यसको पछाडि म्याट्रिक्स क्यामरा एरे भएको देखाएको छ। टिजरमा, फोनको पछाडिको प्यानलमा तीनवटा क्यामरा सेन्सरहरूका साथमा एलईडी फ्ल्यास पनि देख्न सकिन्छ। क्यामराको मोड्युल हेर्दा यो स्क्वायर आकार भएको थाहा हुन्छ र फोनले आर्टिफिसियल इन्टेलिजेन्सलाई पनि सपोर्ट गर्छ । फिंगरप्रिन्ट सेन्सर फोनको पछाडिको प्यानलमा देखिन्छ।
फोनको डिस्प्लेको टिजरमा ड्यूड्रप नोच (Dewdrop notch) देखिन्छ। स्क्रिनको तलको बेजेल माथिको बेजेल भन्दा थोरै ठूलो देखिन्छ। फोनको बारेमा धेरै जानकारी दिइएको छैन। प्रोसेसर, ब्याट्री, र्याम र भण्डारण कन्फिगरेसनहरू पुष्टि हुन बाँकी छ।
यस फोनमा २२.५ वाटको फास्ट चार्जिङ सपोर्ट पनि देख्न सकिन्छ। फोनको बारेमा अहिलेसम्म उपलब्ध जानकारीका आधारमा यो एनजोन एस ७ प्रो भन्दा लोअर एन्ड स्मार्टफोन हुनसक्छ । कम्पनीले यसलाई भ्यानिला Vanilla एनजोन एस ७को रूपमा लन्च गर्न सक्छ।
भर्खरै यसको बारेमा आएका लीकहरूमा, यो एनजोन एस ७ प्रो भन्दा राम्रो स्पेसिफिकेशनहरूसँग आउने बताइएको थियो। तर यतिबेला बाहिर आएको जानकारीमा त्यस्तो भएको देखिँदैन।
प्रकाशित: २१ पुष २०७८, बुधबार