भारतमा बुल्ली बाइ नामक एपका सर्जकमाथि प्रतिबन्ध, अझ कडा कदम चालिनुपर्ने माग

  • Technology Khabar | १९ पुष २०७८, सोमबार
भारतमा बुल्ली बाइ नामक एपका सर्जकमाथि प्रतिबन्ध, अझ कडा कदम चालिनुपर्ने माग

काठमाडौं ।

भारतमा मुसलमान महिलाको तस्बिर राखेर किनबेचका लागि भन्दै बोली लगाउन मिल्ने एप बुल्ली बाइका सर्जकमाथि प्रतिबन्ध लगाइएको छ।

दक्षिणपन्थी अतिवादीहरुले यो वर्ष दोस्रो पटक महिलाहरुमाथि बोली लगाउने काम गरिरहेको भन्दै सूचना प्रविधिमनत्री अश्विनि वैष्णवले ट्विटरमा आक्रोश पोखेका थिए।

वैष्णवले शनिबार उक्त एप निर्माण र अपलोड गर्न दिने प्लेटफर्मलाई एपका सर्जकलाई प्रतिबन्ध लगाउनुका साथै थप कदम चाल्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

ट्विटरमा रहेको उक्त संक्षिप्त सन्देश शिव सेनाका विधायक प्रियंका चतुर्वेदीले अघिल्लो दिन वैष्णवलाई ट्याग गरेर ‘महिलाहरुलाई लक्षित गरेर भइरहेको साम्प्रदायिक र घृणायुक्त’ गतिविधि भइरहेको यसका विरुद्ध कदम चाल्न आग्रह गरेपछि आएको हो।

‘बुल्ली बाइ एप बनाएर चलाउने माइक्रोसफ्ट अन्तर्गतको गिटहबले आव बिहान उक्त यूजरलाई ब्लक गरेको जानकारी दिएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम तथा प्रहरी अधिकारीहरुले यस मिलेर यस सम्बन्धमा थप अध्ययन गरिरहेका छन्’, वैषण्वको ट्वीटमा उल्लेख छ।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार