नागरिक एपबाटै विद्युतीय राहदानीको आवेदन दिन सकिने व्यवस्था गरिँदै

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
नागरिक एपबाटै विद्युतीय राहदानीको आवेदन दिन सकिने व्यवस्था गरिँदै

काठमाडौं ।

नागरिक एपबाटै विद्युीय राहदानी (ई-पासपोर्ट) को आवेदन दिनसक्नेगरी तयारी थालिएको छ।

नागरिक एपमा आगामी दिनमा राहदानीको आवेदन दिनुका साथै राष्ट्रिय परिचयपत्रको लागि समेत एपबाटै आवेदन लिनेगरी काम अगाडि बढाएको हो।

नागरिक एपको काम र जिम्मेवारी लिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले विद्युतिय राहदानीको लागि परराष्ट्र मन्त्रालयसँग छलफल गरिरहेको केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिए।

‘हामीले आगामी दिनमा नागरिक एपबाट नै विद्युतीय राहदानीको आवेदन दिनसक्ने गरी काम गर्दैछौं। मन्त्रालयसँग छलफलको क्रममा छौं,’ पोखरेलले टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार यसको लागि नागरिक एप र मन्त्रालयको सिस्टमबीच एकीकृत गर्नुपर्ने छ। यसैगरी एपबाट नै आवेदन दिन सकिने गरी राष्ट्रिय परिचयपत्रको लागि समेत काम गरिँदैछ।

हाल नागरिक एपमा प्यान लिने सुबिधा, वैदेशिक रोजगारको स्टीकर लिने सुबिधा, सामाजिक सुरक्षा, कोष, नागरिक लगानी कोष, पुलिस रिपोर्ट लगायतका सेवा सुबिधाहरुको बारेमा जानकारी लिन र सेवा लिन सकिन्छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १६ पुष २०७८, शुक्रबार