एप्पलको आईफोन आपूर्तिकर्ता फक्सकनको भारतमा रहेको प्लान्ट थप ३ दिन बन्द हुने

  • Technology Khabar | १२ पुष २०७८, सोमबार
एप्पलको आईफोन आपूर्तिकर्ता फक्सकनको भारतमा रहेको प्लान्ट थप ३ दिन बन्द हुने

काठमाडौं ।

भारतको चेन्नई नजिकै रहेको एप्पल सप्लायर फक्सकनको आईफोन उत्पादन प्लान्ट थप तीन दिन बन्द हुने भएको छ।

खानामा विषाक्तताको घटनाको कारण कामदारहरूको विरोध प्रदर्शन पछि एक हप्ता लामो बन्द विस्तार गर्दै थप तीन दिन बन्द हुने एक वरिष्ठ सरकारी अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

सो विषयसँग नजिक व्यक्तिका अनुसार प्लान्टले डिसेम्बर ३० मा १,००० कामदारसहित उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ।

यसअघि विषाक्त खानाका कारण प्लान्टमा कार्यरत कामदारहरुलाई अस्पताल भर्ना गर्नुपरेको थियो। सो घट्नापछि कामदारहरुले कम्पनीको विरोधमा आन्दैलन गर्दै आएका छन्।

प्रकाशित: १२ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार