प्रविधिमैत्री बनाइँदै सेवा

  • Technology Khabar | १० पुष २०७८, शनिबार
प्रविधिमैत्री बनाइँदै सेवा

काठमाडौं ।

पाल्पाको तानसेन नगरपालिकाले नगरवासीको पारिवारिक लगत विवरण सङ्कलन गरेर ‘फेमिली कार्ड’ वितरण गर्ने भएको छ। नगरपालिका भित्र बसोबास गर्ने सबै घरपरिवारको पारिवारिक विवरण सङ्कलन गरेर ‘फेमिली कार्ड’ वितरण गर्न लागिएको हो ।

नगरपालिका भित्र बसोबास गर्ने सबै नागरिकको पारिवारिक, आर्थिक, सामाजिक तथा व्यक्तिगत विवरण सङ्कलन गर्न १४ जना गणक वडामा खटाइएको नगरपालिकाले जनाएको छ।

व्यक्ति र परिवारको विवरण अद्यावधिक गरेर डिजिटल फाइल बनाई सेवा प्रभावकारी बनाउने योजना रहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिए। नागरिक र परिवारको विवरण अद्यावधिक गरी नगरको सेवा प्रविधिमैत्री बनाउने काम सुरु भएको हो।

नगरवासीको विवरण डिजिटल अभिलेखमा कायम गरेपछि प्रशासनिक काम सहज हुने र सेवा प्रभावकारी हुने विश्वास लिइएको छ।

नगरले नगरवासीको अभिलेख डिजिटलरूपमा अद्यावधिक गरेपछि फेमिली कार्ड वितरण हुने र सोही कार्डको आधारमा सम्पूर्ण सेवा प्रदान गरिने नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताए।

फेमिली कार्डमा नागरिकता विवरण, पेसा, परिवारका सबै सदस्यको विवरणलगायत समावेश हुने छन्। यस्तै पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, वैदेशिक रोजगारी विवरण, घरजग्गाको विवरण, आर्थिक विवरण, नगरपालिकाबाट पाएका सेवा सुविधालगायतको जानकारी बार कोडमार्फत हेर्न मिल्नेछ।

‘फेमिली कार्ड’ वितरणपछि नगरपालिकाले दिने सेवासमेत कागजरहित बनाउन सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेयले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १० पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India eyes $200B in data center investments as it ramps up its AI hub ambitions

  • Technology Khabar
  • १० पुष २०७८, शनिबार