अब टेलिभिजन स्क्रीनमै चाटेर खानेकुराको स्वाद लिन सकिने

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
अब टेलिभिजन स्क्रीनमै चाटेर खानेकुराको स्वाद लिन सकिने

काठमाडौं ।

जापानमा स्क्रीन चाट्न मिल्ने टेलिभिजन निर्माण भएको छ।

रोयटर्सका अनुसार जापानी एक जना प्राध्यापकले उक्त प्रकारको लिकेबल अर्थात् चाट्न मिल्ने टीभी स्क्रीनको प्रोटोटाइप बनाएका हुन्।

टेस्ट द टीभी नाम दिइएको उक्त टीभीको स्क्रीनमा दर्शकहरुलाई चाट्नका लागि ‘हाइजिनिक फिल्म’ मा विभिन्न स्वाद स्प्रे गरिएको थियो।

मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताले नेपथ्यबाट कूकहरुलाई तालिम दिनका लागि प्रयोग गर्न सकिने बताइएको छ। उक्त टीभीको मूल्य ८७५ हुनसक्ने उनले आकलन गरेका छन्।

‘मानिसहरुलाई विश्वको एउटा कुनामा बसेर टीभी स्क्रीनका माध्यमबाट रेस्टुराँका परिकारको स्वाद लिन सकुन् भनेर यो टीभी बनाइएको हो’, उनले रोयटर्सलाई भने।

ती प्राध्यापक हाल निरन्तर रुपमा निर्माता कम्पनीहरुसँग छलफलमा रहेको र यो बाहेक टोस्टमा स्वाद भर्ने लगायतका अन्य स्वाद छर्किने प्रविधिको सम्भाव्यता अध्ययन गरिरहेको बुझिएको छ।

ती प्राध्यापकले यसमार्फत् डाउनलोड गर्न सकिने ‘स्वाद सामग्री’ को परिकल्पना गरेका छन्। कोभिड १९ को युगमा यस प्रकारको प्रविधिले मानिसहरुलाई बाहिरी विश्वसँग जोड्न मद्दत गर्ने प्राध्यापक मियाशिताको विश्वास छ।

तर ट्विटरमा भने मानिसहरुले विश्वभरी कोरोना महामारीले गाँजिरहेको बेला यो टेलिभिजन सार्वजनिक गर्नुमा आश्चर्य व्यक्त गरेका छन्।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India hosts AI summit as safety concerns grow

  • Technology Khabar
  • ९ पुष २०७८, शुक्रबार