नेपाली भान्सामा कोरियन डिजाइनको नेपाली ब्रान्ड ‘ई-चुलो’ को दुई बर्ष

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
नेपाली भान्सामा कोरियन डिजाइनको नेपाली ब्रान्ड ‘ई-चुलो’ को दुई बर्ष

काठमाडौं ।

कोरियन डिजाइनमा इन्फ्रारेड प्रबिधिको नेपाली ब्राण्ड ‘ई-चुलो’ नेपाली बजारमा उपलब्ध भएको दुई बर्ष पूरा भएको छ।

ई-चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च घटाउने ई-चुलोको उत्पादक दिगो विकास प्रालिका संचालक धर्म केसीले बताए।

‘हामीले नेपालीको कुकिङ कल्चरलाई ध्यानमा राखेर ‘ई-चुलो’ को डिजाइन गरेका छौँ,’ केसी थप्छन्, ‘ई-चुलो’ मा खाना पकाउन, मकै भुट्न, दूध लगायतका तरल पदार्थ तताउन सकिन्छ। साथै हरियो मकै, गोलभेडा तथा मासु पोल्न समेत सहज छ।’

टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले रहेकोले चुलो चलाउन सहज र आकर्षक छ। बजारमा पाइने इन्डक्सन चुलो भन्दा कम वाट खपत गर्ने केसीले जानकारी दिए। पछिल्लो समय नेपालमा लोडसेडिङ हटेसँगै विद्युतिय चुलोको लोकप्रियता बढेको सन्दर्भमा छिटो पाक्ने र किफायती इ चुलो बजारमा ल्याएको केसीले बताए।

समतल पिँध भएको सबै भाँडा प्रयोग गर्न सकिने ‘ई-चुलो’ मा आफुलाई चाहिएको तापक्रम सेट गरेपछि खाना डढ्ने साथै उम्लिएर पोखिएर जाने समस्या नहुने केसी बताउँछन् । पावर कट गरेपछी केही समय चुलो तातै रहने भएकोले खाना भर्सिएर पाक्ने बताइएको छ।

उपभोक्ताले इन्धनको खर्च घटाउन सक्ने, भान्सामा ग्याँसको कारणले हुने आगलागी लगायतका दुर्घटनाको डर नहुने भएकाले ‘ई-चुलो’ को लोकप्रियता बढेको कम्पनीको भनाई छ।

नेपालमा निर्माण सम्पन्नको चरणमा रहेका जलविद्युत आयोजनाका हजार मेगावाट बिजुली केही महिनामै केन्द्रिय प्रशारणलाईनमा जोडिँदै छ। यो सन्दर्भमा नेपालको बिजुली नेपालमै सदुपयोग गर्न र कम मुल्यमा बिजुली बिदेशमा बिक्रि गर्न भन्दा नेपालमै बिक्रि गर्नु नेपाल विद्युत प्राधिकरणलाई समेत फाइदा हुने भएकोले सरकारले विद्युतिय उर्जा मैत्री निति लिनुपर्ने केसीको तर्क छ।

‘बिदेशी ग्याँस छोडौं, नेपाली बिजुली जोडौं, भन्ने नेपाल सरकारको नारालाई पनि ‘ई-चुलो’ ले सघाउने केसी बताउँछन् ।

साथै विद्युतिय चुलोको खपतले ग्यासको आयातलाई समेत प्रतिस्थापन गर्ने भएकोले यसखालका उत्पादनले वैदेशिक ब्यापार घाटा समेत कम गर्ने देखिन्छ।

स्टिल बडी भएको चुलोको एक बर्ष र ग्लास बडी भएको चुलोको २ बर्ष वारेन्टी रहेको ‘ई-चुलो’ को नेपालभर बिक्रीवितरणको जिम्मा लिबर्टी इन्जिनियरिङ सोलुसनले लिएको छ।

‘ई-चुलो’ को नेपालमा नविकरणीय उर्जा परिक्षण केन्द्र (आरईटिएस) र त्रिभुवन बिश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको उर्जा अध्ययन केन्द्रमा परिक्षण गराइएको र यसको इनर्जी इफिसेन्सी नेपालमा उपलब्ध अन्य इन्फ्रारेड बिद्युतिय चुलोहरुको तुलनामा बढी भएको केसीले बताए। बरिष्ठ उर्जाविद एवं प्राध्यापक डा. जगतनाथ श्रेष्ठले ई-चुलोको बारेमा गरेको अनुसन्धानले पनि सो कुरा प्रस्ट्याउने केसिको भनाइ छ ।

हाल दुइमुखे चुलो बिक्री गरिसकिएको ई-चुलोका अन्य धेरै डिजाइनका चुलो छिट्टै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ।

दुइ बर्षसम्मको ब्यापारलाई सर्वेक्षण गर्दा चुलो प्रयोग गरि बिग्रीएर मर्मतमा आउनेको संख्या एक प्रतिशत भन्दा पनि कम रहेकोले अब देशैभरी स्थानिय गाउँ र सहरमा डिलरसिप दिएर बिक्रि बिस्तार गर्ने बताइएको छ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...