
काठमाडौं ।
चीनले सन् २०२२ मा कार निर्माताहरुका लागि दिइँदै आएको अनुदानमा ३० प्रतिशतसम्म घटाउने भएको छ।
सरकारी नियम अनुसार चीनले अब भने ३ लाख यूआन अर्थात् ४७ हजार डलरसम्मका ईभीलाई मात्र अनुदान दिने बुझिएको छ।
आउँदो वर्ष सेमिकन्डक्टर चिप तथा ब्याट्रीको अभाव तथा अनुदानमा पनि कटोति भएपछि कार निर्माताहरुका लागि परीक्षणको समय हुने बुझिएको छ।
चाइना ईभी१०० का उपाध्यक्ष औयाङ मिङ्गाओले अनुदानमा कटोति भए पनि माग र उत्पादन बढेकाले ईभीको बिक्री आगामी वर्ष ५० प्रतिशतले बढेर ५० लाख थान पुग्ने प्रक्षेपण गरेका छन्।
चीनको यो अनुदान कटोतिले सर्वाधिक बिक्री हुने मोडलहरुलाई भने कुनै प्रभाव पार्ने छैन। लक्जरी तथा हाइ इन्ड मोडलहरुले यो अनुदान पाउँदैन थिए भने लो इन्ड मोडलहरुलाई अन्य प्रकारका अनुदान दिइँदै आएको थियो।
३० प्रतिशतको कटोति भन्नाले लगभग चिनियाँ यूआन ३९०० देखि ५४०० सम्म हुन आउँछ। टेस्लाले गत नोभेम्बरमा आफ्नो मोडल ३ तथा वाईको मूल्य बढाएको थियो। बढेकोमा अनुदान कटाएपछि मोडल २ को मूल्य २ लाख ५६ हजार तथा मोडल वाईको मूल्य २ लाख ८० हजार पर्न थालेको छ।
एक्सपेङले आफ्ना केही प्रबर्द्धनात्मक कार्यक्रमहरु रद्द गर्यो भने नियोले २०२१ को मूल्यलाई नै २०२२ को मार्चसम्म घचेटेको छ।
प्रकाशित: ८ पुष २०७८, बिहीबार