कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम एक महिनामै साढे ३६ अर्ब रुपैयाँले घट्यो

  • Technology Khabar | ६ पुष २०७८, मंगलवार
कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम एक महिनामै साढे ३६ अर्ब रुपैयाँले घट्यो

काठमाडौं ।

नेपालमा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा ३६ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनमा यो आर्थिक वर्षको शुरुवाती तीन महिनामा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या तथा रकममा क्रमश: बढोत्तरी भएको र असोज मसन्तदेखि कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा भने कारोबार रकम र सङ्ख्यामा उल्लेख्य गिरावट आएको देखिएको छ।

असोज मसान्तसम्म आइपुग्दा कनेक्ट आईपीएसमार्फत् भएको कारोबार सङ्ख्या  ३५ लाख १० हजार २२६ रहेकोमा कार्तिक मसान्तसम्म आइपुग्दा ७ लाख ४९ हजार ७२३ ले घटेर २७ लाख ६० हजार ५०३ मा झरेको छ।

कारोबार रकमका हिसबले पनि एक महिनाको अवधिमा राम्रै गिरावट आएको देखिन्छ।

असोज मसान्तसम्म यस सेवामार्फत् २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा कार्तिक मसान्तसम्म आइपुग्दा यो रकम ३६ अर्ब ११ करोड २० लाख रुपैयाँमा आइपुगेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ६ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार