
काठमाडौं ।
बेलायतमा केही ठग व्यक्तिहरुले फेसबुकमा कोभिडविरुद्धको खोपको पास बिक्री भइरहेको भनेर नक्कली विज्ञापन बनाइ सर्व साधारणमा भ्रम छर्ने काम गरिरहेका पाइएको छ।
बीबीसीका अनुसार कोभिड विरुद्धको खोप नलगाउने व्यक्तिहरुलाई लक्षित गरेर खोप लगाइसकेको उक्त नक्कली पास फेसबुकका माध्यमबाट बिक्री गर्ने उद्देश्यले उक्त समूह परिचलित भएको हो।
बेलायतमा केही ठाउँमा जान तथा विदेशबाट फर्केपछिको व्यक्तिगत आइसोलेशन नबस्नका लागि यस प्रकारो खोप लगाइसकेको प्रमाणपत्र आवश्यक हुन्छ।
सामाजिक सञ्जालमा खोप नलगाएका व्यक्तिका लागि यस प्रकारको विज्ञापन आएपछि फेसबुकले ती सामग्रीहरु डिलिट गर्ने बताएकव बीबीसीमा उल्लेख छ।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलन थालेपछि एनएचएस कोभिड खोप बेलायतमा सरकारको प्लान बी सुरक्षा उपाय अन्तर्गत जारी गरिएको हो।
‘हामीले पास, प्रमाणपत्र, कार्ड, खोप कार्ड तथा उक्त खोप कार्डमा कुन खोप लगाएको भनेर भर्न मिल्ने विकल्प पनि भेट्याैं’, स्याङ्कचुअरी नामक साइबर अनुसन्धान संस्थाका सञ्चालक जोनाथन बेन्टनले भने।
प्रकाशित: ६ पुष २०७८, मंगलवार