टेस्लाका सीईओ इलन मस्कले यो वर्ष ११ अर्ब डलर कर तिर्ने

  • Technology Khabar | ५ पुष २०७८, सोमबार
टेस्लाका सीईओ इलन मस्कले यो वर्ष ११ अर्ब डलर कर तिर्ने

काठमाडौं ।

विद्युतीय कार निर्माता टेस्ला इंकका सीईओ इलन मस्कले आइतबार ट्विटरमार्फत् आफूले यो वर्ष ११ अर्ब डलर कर तिरेको दावी गरेका छन्।

यसै हप्ता अमेरिकी डेमोक्र्याट सिनेटर एलिजाबेथ वारेनले ट्विटरमा इलन मस्कलाई टाइम म्यागाजिनले ‘पर्सन अफ द इयर’ घोषणा गरेपछि उनले कर तिर्नुपर्ने र सबै कुराहरु फोकटमा प्रयोग गर्न बन्द गर्नुपर्ने बताएका छन्।

मस्कले उक्त ट्विटको जवाफमा आफूले यो वर्ष इतिहासमै कुनै अमेरिकीले तिरेभन्दा बढी कर तिर्ने बताएका हुन्।

मस्क हाल विश्वकै धनी व्यक्तिका रुपमा रहेका छन् भने टेस्लाको सम्पत्ति १० खर्ब डलर पुगेको छ।

केही हप्तायता मस्कले आफ्नो टेस्लाको १४ अर्ब डलर बराबरको शेयर बिक्री गरिसकेका छन्।

प्रकाशित: ५ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...