मोबाइल ग्याजेटको प्रयोग आकाशिँदै, चार महिनामै भित्रिए ३६ करोड रुपैयाँभन्दा बढीका ट्याब्लेट

  • Technology Khabar | ५ पुष २०७८, सोमबार
मोबाइल ग्याजेटको प्रयोग आकाशिँदै, चार महिनामै भित्रिए ३६ करोड रुपैयाँभन्दा बढीका ट्याब्लेट

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार महिनामा नेपालमा ३६ करोड ७५ लाख रुपैयाँभन्दा बढीका ट्याब्लेट डिभाइस आयात भएका छन्।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार महिनाको प्रतिवेदन अनुसार २०७८ कार्तिक मसान्तसम्ममा नेपालमा ११ हजार ६२१ ओटा ट्याब्लेट भित्रिएका छन्।

भित्रिएका ११ हजार ६२१ मध्ये सबैभन्दा बढी ट्याब्लेट चीनबाट र त्यसपछि भारतबाट आयात भएको देखिन्छ।

शुरुवाती चार महिनामा विश्वका १९ देशबाट ३६ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरका विभिन्न साइजका ट्याब्लेट आयात भएका प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ ट्याब्लेट आयातको आँकडा:

देशआयात ट्याब्लेट संख्यारकम (नेरु)
क्यानडा१८,०००
चीन७२९४२४,८७,९३,०००
डेनमार्क३६,०००
फिनल्यान्ड६६,०००
भारत२९०८४,९०,५४,०००
इजरायल२३,०००
जापान५,२६,०००
कुवेत४,९३,०००
कोरिया४१,०००
नेदरल्यान्ड्स४८,०००
न्यूजिल्यान्ड१७,०००
नर्वे२३,०००
फिलिपिन्स३८,०००
सिंगापुर२६,०००
ताइवान२,१६,०००
यूएई८१,०००
बेलायत२९,०००
अमेरिका६६३१,९८,०००
भियतनाम१३०७६,४८,४०,०००

सामान्यतया: ट्याब्लेटहरु मोबाइल फोन भन्दा केही ठूला साइजमा आउँछन्। ट्याब्लेटहरु ७ इन्चदेखि १३ इन्चसम्मको डिस्प्लेमा उपलब्ध हुन्छन् भने यिनीहरुको स्पेसिफिकेशन भने ब्रान्ड र मूल्य अनुसार फरक हुन सक्छन्।

मूल्य र आवश्यकता अनुसारका अपरेटिङ सिस्टममा आउने ट्याब्लेट साना ठूला सबैका रोजाइमा पर्न थालेका छन्। मोबाइलभन्दा अलि ठूलो स्क्रीन हुने भएकाले कोरोना महामारीका बीच चलेका अनलाइन कक्षाहरुमा पनि यसको प्रयोग उल्लेख्य रुपमा भएको थियो।

यसबाहेक अलि बढी र्याम र स्पेसिफिकेशन भएका ट्याब्लेटहरु हिजोआज पब्जी लगायतका अनलाइन गेमका लागि युवा पुस्ताले निकै प्रयोग गर्दै आएको छ।

भिडियो बनाउने र एडिटिङ गर्ने क्षमता भएका ट्याब्लेटहरु यस्तै उच्च ग्राफिक्सयुक्त काममा प्रयोगमा आउँछन् भने कम्प्युटरमा गरिने कतिपय कामहरु गर्न मिल्ने भएकाले कार्यालयमा काम गर्ने वा अन्य कर्पोरेट क्षेत्रमा कार्यरत व्यक्तिहरुमा पनि निकै चर्चित हुँदै गएको छ।

ल्यापटपभन्दा निकै हलुको हुने भएकाले पनि यसप्रति सबैखाले मानिसहरुको आकर्षण बढेको पाइन्छ।

यसै हिसाबले पनि चार महिनामा उक्त परिमाणको ट्याब्लेट आयात हुनुलाई सकारात्मक नै मान्न सकिन्छ।

प्रकाशित: ५ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार