
काठमाडौं ।
काठमाडौं, २७ असार । नेपाल जग्गा तथा आवास विकास संघले हरेक बर्ष आयोजना गर्दै आएको घरजग्गा मेला यस बर्ष २०७३ साल कार्तिक २५ देखि २८ गते सम्म भृकुटी मण्डपमा आयोजना हुन लागेको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ ।
नेपालभरका घरजग्गा व्यवसायसग सम्बन्धित परियोजना, सो सम्बन्धी प्राविधिक गोष्ठी एवं प्रस्तुतिकरणका साथै भवन निर्माणसंग सम्बन्धित अन्य वस्तु तथा सेवाको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
प्रकाशित: २७ असार २०७३, सोमबार