
काठमाडौं ।
यदि तपाईंले कहिल्यै अचम्मको रूपमा स्वादिष्ट देखिने रेसिपीको भाइरल टिकटक देख्नुभएको छ भने, तपाईंले चाँडै नै यसलाई आफैं नबनाइकन स्वाद लिन सक्नुहुनेछ।
प्लेटफर्मले अमेरिकाभरी सयौं डेलिभरी मात्र गर्ने टिकटक किचेन स्थानहरू मार्चमा सुरु हुनेगरी खोल्दैछ।
टिकटकले ‘घोस्ट रेस्टुरेन्टहरू’ सिर्जना गर्न भर्चुअल डाइनिङ कन्सेप्टससँग मिलेर काम गरिरहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ। तिनीहरूले लगभग ३०० स्थानहरूबाट सुरु गर्नेछन् र सन् २०२२ को अन्त्यसम्ममा १ हजार भन्दा बढी आउटलेट विस्तार गर्ने योजना बनाउनेछन्।
भर्चुअल डाइनिङ कन्सेप्ट्ससँग यस क्षेत्रमा उल्लेखनीय अनुभव छ, जसले युट्युब मेगास्टार मि.बिस्ट (MrBeast) सँग उनको मि.बिस्ट बर्गर भर्चुअल रेस्टुरेन्टहरूमा काम गरेको छ।
टिकटक किचेन मेनु, जुन त्रैमासिक आधारमा परिवर्तन हुनेछ, र यसमा प्लेटफर्मको सबैभन्दा ठूलो खानेकुराहरुको प्रवृतिहरू समावेश हुनेछ। डिशको प्रारम्भिक ब्याचमा ‘बेक्ड फेटा पास्ता’ (जुन गुगलले २०२१ मा सबैभन्दा धेरै खोजिएको डिश भएको बताएको छ), स्म्यास बर्गर र पास्ता चिप्स समावेश गर्दछ।
टिकटकले यो उद्यमबाट आफ्नो नाफाको निश्चित रकम रेसिपीका निर्माताहरूलाई दिनेछ, साथसाथै प्लेटफर्ममा बढ्दो खानेकुराका सिर्जनाकर्ताहरूलाई दिनेछ। यद्यपि, यसले खानेकुराको वास्तविक सिर्जनाकर्ताहरू कसरी निर्धारण गर्नेछ भनेर स्पष्ट पारेको छैन्।
प्रकाशित: ३ पुष २०७८, शनिबार