
काठमाडौं ।
नेपालको लागि बजाजको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड को प्रालिले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ।
नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको “खुशीको ३ डोज”को विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले रु १० लाख हात पार्न सफल भएका हुन्। उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए।
यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले रु १०,०००/– सम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो ।
प्रकाशित: २ पुष २०७८, शुक्रबार