फेसबुकको मालिक मेटा प्लेटफर्ममाथि रुसको एक्सन, १ करोड ३० लाख रुबल जरिवाना

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
फेसबुकको मालिक मेटा प्लेटफर्ममाथि रुसको एक्सन, १ करोड ३० लाख रुबल जरिवाना

काठमाडौं ।

रुसले फेसबुकको मालिक कम्पनी मेटा प्लेटफर्मलाई १ करोड ३० लाख रूबल (१ लाख ७७ हजार अमेरिकी डलर) जरिवाना गरेको छ। मस्कोको एक अदालतले सरकारले अवैध ठानेको सामग्री मेटाउन असफल भएकोमा जरिवाना गरिएको बिहीबार भनेको छ।

विदेशी टेक्नोलोजी फर्महरू विरुद्ध दण्डको क्रममा यो सबैभन्दा नयाँ जरिवाना भएको रोयटर्सले जनाएको छ।

मस्कोले यस वर्ष बिग टेक कम्पनीहरुमाथि एक अभियानमार्फत दबाब बढाएको छ । जसलाई आलोचकहरूले रूसी अधिकारीहरूले इन्टरनेटमा कडा नियन्त्रण गर्ने प्रयासको रूपमा चित्रण गरेका छन्, र यसले  व्यक्तिगत र कर्पोरेट स्वतन्त्रतालाई कुण्ठित गर्ने उनीहरूले चेतावनी दिएका छन्।

यसअघि पनि रुसले गुगल र फेसबुकलाई भारी रकम जरिवाना गरिसकेको छ भने उनीहरुलाई अबैध र अश्लिल भनिएका सामग्रीहरु डिलिट गर्न आदेश दिईएको छ।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २ पुष २०७८, शुक्रबार