स्क्रिनमा नै टाँस्न सकिने डेलको वायरलेस वेबक्याम ‘परी’, यस्तो छ विशेषता

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
स्क्रिनमा नै टाँस्न सकिने डेलको वायरलेस वेबक्याम ‘परी’, यस्तो छ विशेषता

काठमाडौं ।

डेलको कन्सेप्ट वेबक्याम प्रयोग गर्नका लागि केबल स्क्रिनमा टाँसे हुने भएको छ। कम्पनीको वायरलेस वेबक्याम प्रोटोटाइपलाई स्क्रिनमा जोडनका लागि चुम्बक प्रयोग गरिएको छ।

यो प्रोटोटाइपको नाम परी रहेको छ। यसले तपाईले स्क्रिनसँग वास्तविक कुराकानी गर्दाखेरी हेर्ने आँखाको स्तरमै क्यामरा राख्ने सुबिधा दिन्छ।

यसले तपाईलाई कुरा गरिरहँदा थप प्राकृतिक हेर्न मद्दत गर्नुका साथै यसले तपाइँलाई तपाइँको नोटहरू वा स्क्रिप्टलाई क्यामराको पछाडि एक प्रकारको टेलिप्रम्प्टर सेटअपमा राख्न समेत अनुमति दिन्छ।

तर चुम्बकहरूले कुनै पनि स्ट्याण्डर्ड मोनिटरसँग काम गर्दैन, तपाईंले भित्र चुम्बकहरू निर्मित मनिटर पनि प्रयोग गर्न आवश्यक छ। आफूलाई प्राइभेसी चाहिएमा क्यामरालाई पछाडि पट्टि फर्काउन पनि सकिन्छ ।

यसमा स्तरीय चुम्बक भएको कारणले क्यामरा स्क्रीनबाट तल चिप्लिँदैन् र जता अड्यायो त्यहीँनै क्यामरा रहिरहने छ। स्क्रीनबाट क्यामरा निकाल्न पनि सकिने छ र छुट्टै स्ट्याण्डमा समेत राख्ने सुबिधा छ।

यो म्याग्नेटिक वेबक्याम स्क्रीनमा टाँसिरहेको बेलामा वायरलेस किसिमले चार भईरहनेछ भने त्यसलाई संकेत गर्न लाइट राखिएको छ।

यो क्यामराले १०८० पिक्सेलको भिडियो वाईफाईमार्फत खिच्न सक्दछ भने यसको तौल ३० ग्रामको रहेको छ। यसलाई यूएसबी टाइप सीमार्फत चार्ज गर्न सकिन्छ ।

डेलले यो नयाँ वेबक्याम कहिले तयार भएर बजारमा आउँछ र कति मूल्य पर्नेछ भन्ने जानकारी दिएको छैन्।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २ पुष २०७८, शुक्रबार