
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले नेक्स्ट जेनेरेशन स्वायत्त सवारीका लागि अटोमोटिभ मेमोरी चिपको बृहत् उत्पादन थालेको छ।
यो नयाँ लाइनअपमा उच्च कार्यक्षमतायुक्त इन्फोटेन्मेन्ट सिस्टमका लागि २५६ जीबी पीसीएलई जेन३ एनभीमी बल ग्रिड एरे, एसएसडी, २जीबीको जीडीडीआर६ डीआरएएम तथा २जीबीकै डीडीआर४ डीआरएएम रहेका छन्।
यसबाहेक अटोनोमस ड्राइभिङ सिस्टमका लागि २जीबीको जीडीडीआर६ तथा १२८जीबीको यूएफएस स्टोरेज पनि सामसङले निर्माण गरेको छ।
पछिल्लो समय विद्युतीय सवारीको लोकप्रियता बढ्दै गइरहेको र इन्फोटेन्मेन्ट र अटोनोमस ड्राइभिङ सिस्टमको प्रयोग बढिरहेकाले सेमिकन्डक्टर अटोमोटिभ क्षेत्रमा आमूल परिवर्तन भएको सामसङ इलेक्ट्रोनिक्सको मेमोरी ग्लवबल सेल्स तथा मार्केटिङका प्रमुख तथा कार्यकारी उपाध्यक्ष जिनम्यान हानको भनाइ छ।
उनका अनुसार कम्पनीको नयाँ अटोमोटिभ मेमोरी सोलुशन लाइनअपले विश्वको सवारी क्षेत्रलाई ‘सर्भर अन ह्वील्स’को युगतर्फ डोहोर्याउन मद्दत गर्नेछ।
हाइ-डेफिनिशन म्याप, भिडियो स्ट्रिमिङ तथा थ्रीडी गेमिङजस्ता अत्याधुनिक फिचर तथा स्वायत्त सवारी प्रणालीको बढ्दो प्रयोगका कारण उच्च क्षमता र कार्यदक्षतायुक्त एसएसडी तथा ग्राफिक्स डीआरएएमको माग सम्पूर्ण अटोमोटिभ उद्योगभरी नै रहेको छ। यसै प्रवृत्तिलाई मध्यनजर गर्दै सामसङले चिप मेमोरी सोलुशन लाइनअप ल्याएको बुझिएको छ।
प्रकाशित: १ पुष २०७८, बिहीबार