तपाईँ हाम्रा फोनमा खराबी आउने यी नाै कारण, जानी राख्दा हुन्छ फाइदा

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
तपाईँ हाम्रा फोनमा खराबी आउने यी नाै कारण, जानी राख्दा हुन्छ फाइदा

काठमाडौं ।

फोन हिजोआज जरूरतको साथसाथै बानी नै बनिसकेको छ। धेरै समय फोन प्रयोग गर्ने बानी भएपछि फोनमा समस्या आउन शुरू हुन्छ।

सामान्यतया: इलेक्ट्रोनिक सामान जतिबेला पनि खराब हुन सक्छ। तर डिभाइस खराब हुनुको मुख्य कारणमा हाम्रो लापरवाही पनि हुने गर्दछ।

मोबाइललाई कान र काँधका बीचमा राखेर कुराकानी गर्दा खसेर फुट्ने सम्भावना हुन्छ। दैनिक जीवनमा फोन प्रयोग गर्ने क्रममा यस्ता थुप्रै लापरवाहीहरु हुन जान्छन जसका कारण फोनमा समस्या आउने सम्भावना बढेर जान्छ।

यसरी दैनिक रुपमा फोन चलाउँदा थाहा पाएर वा नपाइकन पनि केही गतिविधिमार्फत हाम्रा फोन खराब हुन सक्छ। के हुन् त ती नाै बानी वा गतिविधि?

१. पसिना आउँदा फोन चलाउनु

गर्मीका दिनमा प्राय पसिना आइरहेको बेला पनि हामी फोन नचलाई बस्न सक्दैनो। यस्तोमा फोनको माथिल्लो भागमा ईयरफोन स्लट भएका सेट परेमा हामीले कुरा गरिरहेको इयरपिस भिजेर खराब हुन सक्छ।

यस्तोमा पसिना पुछेर वा ब्लूटूथमार्फत् कुरा गर्दा केही हदसम्म फोनलाई खराब हुनबाट बचाउन सकिन्छ।

२. फोन माथिल्लो खल्तीमा राख्नु

थुप्रै व्यक्तिहरुको बानी आफ्नो माथिल्लो खल्तीमा फोन राखेर हिँड्ने हुन्छ। यसबाट फोन खसेर बिग्रने सम्भावना बढी हुन्छ। यसबाहेक फोन चोरी हुने तथा कुनै कुराले लागेमा भोतिक रुपमा समस्या आउन सक्छ।

३. फोनलाई राति चार्जमा राखेर छोड्नु

सामान्यतया फोनलाई रातभरी चार्जमा राखेर छोड्ने चलन हुन्छ। यसबाट फोन ओभर चार्ज हुने वा बिग्रने सम्भावना तत्काल नदेखिए पनि भोल्टेजको तलमाथिका कारण ब्याट्रीमा समस्या आउन सक्ने प्रबल सम्भावना हुन्छ। यसैले सकेसम्म रातभर फोनलाई चार्जमा छोड्नुहुँदैन।

४. अज्ञात सोर्सबाट एप इन्स्टल गर्नु

एन्ड्रोइड फोनमा एप इन्स्टल गर्नका लागि गुगल प्ले स्टोर आधिकारिक स्रोत हो। तर कतिपय अवस्थामा हामी एप इन्स्टल गर्नका लागि साइडलोड या कुनै तेस्रो पक्षको सहयोग लिन्छाैं।

साइडलोड गर्दा उक्त एपले फोनलाई खराब गर्नसक्ने चेतावनी भने दिइन्छ। तर पनि हामी ती एप इन्स्टल गर्छाैं। यस्ता एपले फोनको सफ्टवेयरलाई पूर्ण रुपमा खराबी गर्न पनि सक्छ।

५. कारको ड्याशबोर्डमा फोन राख्नु

कतिपय बेला हामी हाम्रा गाडीका ड्याशबोर्डमा फोन राख्ने गर्दछाैं। यसबाट पनि फोनमा निकै खराबी आउन सक्छ। यदि लामो समयसम्म ड्याशबोर्डमा फोन राख्दा तातिएर विस्फोटसम्म हुन सक्छ। यसैले गाडीको ड्याशबोर्डमा सकेसम्म फोन राख्नु हुँदैन।

६. फोनलाई जहाँ पायो त्यहीँ राख्नु

हामीले प्रायस् धेरै जनाले जहाँ पायो त्यहीँ फोन राखेको देख्ने गरेका छाैं। फोन राख्ने बारेमा हामी त्यति सचेत हुँदैनो। तर सामान्यतयास् फोन राख्नुअघि त्यहाँको सतह कस्तो छ भनेर हेर्नुपर्छ।

किनकि टेबल वा कुनै कडा सतहमा राख्दा फोनको क्यामरामा असर पर्न सक्छ। क्यामरामा स्क्र्याच आएमा गुणस्तर खस्कने हुन जान्छ।

. फोनको उपयोग धेरै गर्नु

फोन धेरै समय प्रयोग गर्दा ब्याट्री डाउन भएर अचानक अफ पनि हुन सक्छ। कहिलेकाहीँ फोनलाई अफ पनि गर्दै गर्नु पर्छ। सकिन्छ भने हप्तामा एक दुई पटक रिस्टार्ट गर्नु राम्रो हुन्छ। यसो गर्दा क्याश मेमोरी क्लिन हुन्छ र मोबाइलले राम्ररी काम गर्छ।

८. फोनमा धातुको कभर हाल्नु

हामी फोनको सुरक्षाका लागि विभिन्न उपाय अपनाउँछाैं जसमध्ये कभर पनि एउटा हो। यस्तोमा फोन खस्दा पनि चोटपटक नलागोस् भनेर धातुको कभर पनि राख्ने चलन छ।

तर मेटल अर्थात् धातुको कभरका कारण फोनमा नेटवर्कको समस्या उत्पन्न हुन सक्छ। त्यसैले सकेसम्म फोनमा धातुको कभर नलगाउँदा बेस हुन्छ।

९. फोनमा अन्य कम्पनीका चार्जर र इयरफोनको प्रयोग

फोन चार्ज गर्नका लागि वा गीत सुन्नका लागि हामी आफ्नो फोनमा कुनै पनि चार्जर वा इयरफोन प्रयोग गर्छाैं। यो बानी हाम्रो फोनका लागि प्रत्युत्पादक सिद्ध हुन सक्छ। सकेसम्म फोनकै ओरिजिनल चार्जर तथा इयरफोन मात्र प्रयोग गर्दा फोन टिक्ने समय लम्बिन सक्छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार