
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दूरसञ्चार सम्बन्धि सेवाहरु तथा उपकरणको खरिदका लागि नेपाल टेलिकमलाई विदेशी मुद्रामा गरिने भुक्तानीमा थप सहुलियत दिएको छ।
सोमबार केन्द्रिय बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारी निकायहरुमध्ये नेपाल टेलिकमको हकमा विशेष सटही तथा भुक्तानी सुबिधा दिँदै २५ हजार डलरको थप व्यवस्था गरिदिएको हो।
नयाँ व्यवस्थाअनुसार अब टेलिकमले विदेशबाट आफूलाई आवश्यक पर्ने दूरसञ्चार सम्बन्धि सेवाहरु तथा उपकरणको खरिदमा ७५ हजार अमेरिकी डलरसम्मको भुक्तानी सुविधा पाएको छ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन/परिमार्जन/थप व्यवस्थाअनुसार टेलिकमले ल्याउने सिग्नलिङ्ग, इन्टरकनेक्सन, ब्याण्डविथ, रोमिङ्ग मेम्बरसिप फिलगायतका दूरसञ्चार सम्बन्धि सेवाहरुको लागि विदेशमा भुक्तानी गर्दा वा पठाउँदा ७५ हजारसम्मको विदेशी मुद्राको सीमा तोकिएको हो ।
यसअघि टेलिकमले यस्तो विदेशी मुद्राको भुक्तानीका लागि अधिकतम ५० हजार डलरसम्मको सीमा तोकिएको थियो ।
नयाँ व्यवस्थाअनुसार अब टेलिकमले दूरसञ्चार सम्बन्धि सेवाहरुको विदेशी भुक्तानीका लागि थप २५ हजार डलरको थप सुविधा पाएको छ।
प्रकाशित: २७ मंसिर २०७८, सोमबार