
काठमाडौं ।
अमेरिकी चिप निर्माता इन्टेल कर्पोरेशनले मलेसियामा नयाँ फ्याक्ट्री निर्माणका लागि ३० अर्ब रिंगिट अर्थात् ७.१० अर्ब डलर गर्ने भएको छ।
यसबारे मलेसियाका अधिकारीहरुले सोमबार आधिकारिक जानकारी दिएका हुन्।
मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटीले हालै इन्टेल कर्पोरेशनले मलेसियाको पेनाङ शहरको उत्तरी क्षेत्रमा आफ्नो निर्माण क्षमता बढाउनमन लागि फ्याक्ट्री खोल्न लागेको बताएको छ।
अथोरिटीका अनुसार कम्पनीले उक्त क्षेत्रमा सेमिकन्डक्टर चिप प्याकेजिङ प्रविधिमा काम गर्नेछ। यसबाट सेमिकन्डक्टर चिपको हाल विश्वभरी विद्यमान समस्या समाधानमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ मंसिर २०७८, सोमबार