राजधानीमा छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला २०७८ हुँदै

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
राजधानीमा छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला २०७८ हुँदै

काठमाडौं ।

‘‘स्टडी इन नेपाल’’ भन्ने मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

युनिभर्सल थट कन्सल्ट( यूटीसी )ले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले बताए।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमश: पोखरा विश्ववद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन ओटा, काठमाडौं विश्वविद्यालयका दुई ओटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच ओटा नेपाली विश्वविद्यालयका कलेज, दुई ओटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ । १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरु रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिए।

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...