सामसङ ग्यालेक्सी एस२२ को फोटो लीक, एस२२ अल्ट्रालाई एफसीसी सर्टिफिकेशन

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
सामसङ ग्यालेक्सी एस२२ को फोटो लीक, एस२२ अल्ट्रालाई एफसीसी सर्टिफिकेशन

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी  एस२२ सिरिज आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ।

हालै बाहिर आएका चर्चा अनुसार यो डिभाइसको भ्यानिला तथा प्लस भेरियन्टको डिजाइन यसअघिको ग्यालेक्सी एस२१ सिरिजको जस्तै हुनेछ।

सोमबार चिनियाँ सोसल मिडिया वेबोमा ग्यालेक्सी एस२२ डिभाइसको रियल लाइफ फोटो पोस्ट गरेको छ। उक्त फोटो झट्ट हेर्दा म्याट फिनिशबाहेक ग्यालेक्सी एस२१ सरह नै देखिन्छ।

ग्यालेक्सी एस२२ मा म्याट फिनिश रहेको छ भने एस२१ को डिजाइन चिल्लो अर्थात् ग्लसी फिनिशमा रहेको थियो।

यसै बीचमा उक्त सिरिजको अल्ट्रा भेरियन्टले एफसीसी सर्टिफिकेशन पाएको छ। एसएम-एस९०८यू मोडल नम्बर भएको उक्त डिभाइसलाई नोटका नामले पनि चिनिने बताइएको छ।

यसमा ईजे-पीएस९०८ मोडल नम्बर भएको स्टाइलस पेन सपोर्ट गर्ने बताइएको छ।

यसको पछाडि ट्रिपल क्यामरा सेट अप रहने बुझिए पनि यसमा रहने चिपसेट तथा अन्य विवरणहरु भने बाहिरिएको छैन।

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार