एप्पलको स्वचालित विद्युतीय कारको डिजाइन लीक

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
एप्पलको स्वचालित विद्युतीय कारको डिजाइन लीक

काठमाडौं ।

अमेरिकी प्रविधि कम्पनी एप्पल विगत थुप्रै समयदेखि सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार सार्वजनिक गर्ने तयारी गरिरहेको छ। एप्पलको आउँदै गरेको विद्युतीय गाडीका बारेमा अझै पनि पर्याप्त जानकारी बाहिर आइसकेको छैन।

अनाधिकारिक रुपमा बाहिर आएका तथ्यहरुका अनुसार यो परियोजनालाई प्रोजेक्ट टाइटन नाम दिइएको छ। ब्लूमबर्गको एक रिपोर्ट अनुसार एप्पलले आफ्नो विद्युतीय कार निर्माणको अधिकांश काम सकाइसकेको छ।

बाहिर आएका रिपोर्टहरुलाई मान्ने हो भने यो स्वायत्त रुपमा चल्ने कारको कम्प्युटिङका लागि कम्पनीले आफैंले बनाएको चिपको प्रयोग गर्ने बुझिएको छ।

हालै बेलायतको सवारी भाडामा उपलब्ध गराउने कम्पनी वनारामाले पनि एप्पलको आउँदै गरेको कारको थ्रीडी कन्सेप्ट अर्थात डिजाइन शेयर गरेको छ। यो कन्सेप्ट एप्पलका उत्पादन तथा  कम्पनीको पेटेन्टका आधारमा तयार पारिएको छ।

वनारामाले एप्पल कारको बाहिरी डिजाइनसँगै भित्री झलक पनि प्रस्तुत गरेको छ। कमम्पनीले एप्पलको पेटेन्टका आधारमा एसयूभी मोडलको डिजाइन शेयर गरेको हो।

वनारामाले उक्त लीक थुप्रै पेटेन्टका आधारमा सार्वजनिक गरेको हो। यी आधारहरुमा पिलर लेस डिजाइन, कोच कोर तथा स्कूप-अप विन्डोका साथमा रोटेशनल सीटगायतका रहेका छन्।

एप्पल कारको बाहिरी डिजाइन टेस्लाको साइबरट्रक को जस्तै देखिन्छ। यसका विवरणमा यो पिलर-लेस डिजाइनको रहेको छ भने हल्का कालो विन्डशिल्ड, विन्डोतथा सनरूफ सहितको रहेको छ। यसका साथै यसमा एडप्टिभ डोर तथा स्कूप विन्डो राखिएको छ जसबाट थप हेडरुम प्राप्त हुन्छ।

अगाडिबाट हेर्दा यसमा एप्पलको चम्किलो लोगो राखिएको छ भने डोर ह्यान्डल आईफोनको साइड बटन जस्तै देखिन्छ। साथै यो कार आईफोन ४ जस्तै फरेस्ट व्हाइट फिनिशमा उपलब्ध हुनसक्ने आकमलन गरिएको छ।

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार