महिला समूहलाई ल्यापटप बितरण

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
महिला समूहलाई ल्यापटप बितरण
सांकेतिक तस्बिर

काठमाडौं ।

कैलाली र डडेल्धुरामा क्रियाशील ग्रामीण महिला समूहलाई ल्यापटप वितरण गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा महिला, कानुन र विकास मञ्चले ल्यापटप वितरण गरेको हो ।

ग्रामीण महिला समूहको मागअनुसार ती समूहलाई आवश्यक सामग्री सहयोग गरिएको मञ्चका कार्यक्रम अधिकृत सागर पाठकले बताए। उनले छवटा समूहलाई प्रिन्टर, केही समूहलाई कुर्सी र दराजसमेत वितरण गरिएको जानकारी दिए।

ग्रामीण क्षेत्रमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि क्रियाशील समूहलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ आवश्यक सामग्री सहयोग गरेको जनाइएको छ।

समूहमा ल्यापटप भएपछि काम गर्न अझ सहज हुने विश्वास गरिएको दलित महिला अधिकार मञ्च धनगढीका निर्देशक सावित्रा घिमिरेले बताईन् । ग्रामीण समूहमा आबद्ध महिलाले लैङ्गिक हिंसा अन्त्यका लागि सङ्गठित रूपमा आवाज उठाउँदै आएको निर्देशक घिमिरेको भनाइ छ।

यूएन ओमनको आर्थिक सहयोगमा महिला समूहलाई आवश्यक सामग्री दिइएको जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार