रिया मनि ट्रान्सफरमार्फत् खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा रु.२०० बोनस

  • Technology Khabar | २५ मंसिर २०७८, शनिबार
रिया मनि ट्रान्सफरमार्फत् खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा रु.२०० बोनस

काठमाडौं ।

नेपालको अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १६० देशबाट रिया मनि ट्रान्सफर प्रयोग गरी सिटी एक्सप्रेस मार्फत् पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा रू.२०० बोनस प्राप्त गर्ने अफर ल्याएको छ।

खल्तीमा केवाईसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा १६० देशबाट प्रति कारोबार १ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। हरेक कारोबारमा रु २०० बोनस हुनेछ। प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड  हुनेछ र एपको ट्रान्जेक्सन सेक्सन भित्र देखा पर्नेछ।

खल्ती प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए, “हामी डिजिटल प्ल्याटफर्म  मार्फत हाम्रो ग्राहकहरुको आवश्यकता पुर्ति गर्न प्रतिबद्ध छौँ। यो साझेदारीले  ग्राहकहरुलाई अनलाइन वा मोबाइल  प्रयोग गरी  संसारको जुनसुकै ठाउँबाट पैसा पठाउनको लागि अझै छिटो र अधिक सुरक्षित भुक्तानी गर्न मद्दत मिल्नेछ। भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ।”

पैसा पठाउनका लागि प्रयोगकर्ताले रिया एपमा गई सेन्ड मनीमा ट्याप गरेर सबै आवश्यक विवरण दाखिला गर्नुपर्नेछ र अन्त्यमा खल्ती चयन गरि रकम पठाउन सक्नेछन्। पैसा प्राप्त गर्ने व्यक्तिको हकमा भने रकम स्वतः खल्ती वालेटमा लोड हुनेछ। लोड भएको रकम  ट्रान्ज्याक्सन हिस्ट्रीबाट हेर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २५ मंसिर २०७८, शनिबार