एप्लिकेसन

टेन्सेन्टद्वारा लेभल इन्फिनिट नामक प्रकाशन विभाग सार्वजनिक, उच्च गुणस्तरको गेम निर्माण गर्ने

टेन्सेन्टद्वारा लेभल इन्फिनिट नामक प्रकाशन विभाग सार्वजनिक, उच्च गुणस्तरको गेम निर्माण गर्ने
Global IME Bank

गेमिङ कम्पनी टेन्सेनटले वैश्विक स्तरमा गुणस्तरीय गेम निर्माण तथा वितरणका लागि  लेभल इन्फिनिट नामक प्रकाशन विभागको घोषणा गरेको छ।

यो विभागले भ्याम्पायर: द मास्करेड, ब्लडहन्ट तथा जीटीएफओलगायतका गेमहरुलाई वैश्विक स्तरमा पुर्याउन सहयोग गर्ने बताइएको छ।

लेभल इन्फिनिटको मुख्यालय आमस्टर्डम तथा सिंगापुरमा हुने र यसका कर्मचारी भने विश्वभरमा जहाँसुकै बसेर काम गर्न सक्नेछन्।

यसले प्राविधिक सहयोग, उत्पादन, खेलकुद एकीकरण तथा अन्तरराष्ट्रिय प्रकाशनका साथै सेवाका रुपमा गेम तथा स्थानीय र वैश्विक बजारको अन्तरंग विश्लेषणलगायतका विविध सुविधा तथा सेवा सहितको स्टुडियो उपलब्ध गराउनेछ।

यसको शुरुवाती प्रकाशनमा मोबाइल डिभाइसका लागि अरिना अफ भेलर, डोन्ट स्टार्भ: न्यूहोम तथा पर्सनल कम्प्युटरका लागि नेक्स्ट स्टुडियोजको सिंक्ड: अफ प्लानेटका साथै  क्वान्टम स्टुडियोज, टिमी स्टुडियो ग्रुप तथा अन्य थुप्रै तेस्रो पक्षका डेभलपरहरुका एपहरु रहेका छन्।

Sajilo Visa
easy care