Technology Khabar १६ असार २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, १६ असार । सान डिस्क (SanDisk) कम्पनीले सांघाइमा आयोजना भईरहेको मोबाइल वर्ल्ड कंग्रेसको अवसर पारेर द्रूत क्षमताको मेमोरी कार्ड सार्वजनिक गरेको छ । कम्पनीले अहिले २५६ जीबी क्षमताको माइक्रो एसडी कार्ड (microSD) सार्वजनिक गरेको हो ।
सान डिस्कले हाल २५६ जीबीको माइक्रोएसडी एक्ससी यूएचएस वान (microSDXC UHS-I) कार्ड तयार पारेको र यो छिटै बजारमा आउने भएको छ । सान डिस्क अल्ट्रा माइक्रो एसडी एक्ससी यूएचएस वान, प्रिमियम एडिसन पनि कम्पनीले ल्याएको छ । कम्पनीले २५६ जीबीको माइक्रोएसडी कार्डहरुलाई अल्ट्रा र एक्ट्रीम भर्सनमा ल्याउने भएको हो । उच्च तहको कार्डलाई भने एक्ट्रीम भनेर तोकिएको छ ।
यसमध्येको सानडिस्क एक्ट्रीम कार्ड यो वर्षको अन्तिम त्रैमासमा उपलब्ध हुनसक्नेछ, जसको मूल्य २०० अमेरिकी डलर रहेको छ । यो कार्ड क्लास थ्रीमा पर्दछ भने यसमा ९० एमबी प्रति सेकेण्डको स्पीडमा लेख्न अर्थात डाटा राख्न सक्दछ । यो विशेषगरी फोर के (4K) भिडियो रेकर्डिंगको समयमा वा आरएडब्लूमा (RAW) सुटिंग गर्दा प्रयोग हुनेछ ।
प्रकाशित: १६ असार २०७३, बिहीबार