सामाजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
सामाजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने

काठमाडौं ।

सामाजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने भएको छ। कोषले मंगलबार विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको उल्लेख गरेको हो।

यसरी अनलाइबाट अवकाश दावी भुक्तानी गर्नलाई अनिवार्य रुपमा केवाइसी अपडेट भएको हुनुपर्नेछ भने रोजगारदाताको सुचिबाट टर्मिनेट गराउन लगाउनुपर्नेछ।

यो सबै पुरा भइसकेपछि कोषको वेवसाइटमा गएर कन्ट्रिब्युटर पोर्टलमा गएर लगइन गरी २०७८ असार मसान्तभित्र योगदान सुरु गरेको योगदानकर्ता हो भने एक्स्ट्रा एमाउन्टमा गएर ट्रान्सफर क्लिक गर्नुपर्नेछ ।

त्यसपछि तपाईंले पेन्सन फण्डमा जम्मा भएको रकम देख्नुहुनेछ जसबाट तपाईंले कति रकम अवकाश योजनामा लिने भनेर छान्नुपर्नेछ। सबै रकम ट्रान्सफर गर्ने हो भने तपाईंले अल सेलेक्ट गर्नुपर्नेछ तर त्यसो गरेको अवस्थामा तपाईं अर्को कम्पनीमा आवद्ध भए नयाँ रोजगारदाताको रुपमा आवद्ध हुनुहुनेछ र तपाईंले त्यसपछि निवृतभरण पाउनुहुनेछन्।

तर निवृतभरण योजनामा केही रकम बाँकी राखेर गरेको अवस्थामा भने तपाईं पुरानै योगदानकर्ताको रुपमा रहिरहनुहुनेछ।

यो सबै प्रकृया पुरा भइसकेपछि एसएसएफले तपाईंको ट्रान्सफर अनुमोदन गर्नुपर्नेछ। यसपछि मात्र तपाईंले आफ्टर इम्प्लोइमेन्टमा गएर पैसा निकाल्ने प्रकृया अगाडी बढाउन सक्नुहुनेछ।

तपाईंलाई यसको लागि मिति खुलेको राजिनामा स्वीकृत पत्र, रोजगारदाताले सामाजिक सुरक्षा कोषलाई अवकाश योजना वापतको रकम भुक्तानीको लागि लेखेको पत्र र चेकको स्कयान कपि अपलोड गर्नुपर्ने कोषले जानकारी दिएको छ।

यी सबै प्रकृयामा तपाईँले पुरै केवाईसी अपलोड गरेर बुझाउनुपर्नेछ।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २२ मंसिर २०७८, बुधबार