इ-बिजनेश पढ्ने विद्यार्थीलाई चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले छात्रवृत्ति दिने

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार
इ-बिजनेश पढ्ने विद्यार्थीलाई चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले छात्रवृत्ति दिने

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् । प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहने एक जना छात्रालाई पुर्ण निशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरि फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो।

समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।

चेम्बरसंगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका १ करोड १७ लाख रुपैयाँ सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए। सूचना प्रविधिको विकाससंगै अबको दिनमा इ बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए ।

चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरि आर्थिक सहयोग उपलव्ध गराउने बताए । लक्षित बर्गमा सो सहयोग रकम पुगोस भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाई छ।

खल्ती वालेटसंगको सहकार्यमा पढाई पुरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलव्ध गराउने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत सिईओ विनय खड्काले इ बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तिले २ वर्षसम्म सशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार