नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा कम्प्युटर सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा

  • Technology Khabar | १५ मंसिर २०७८, बुधबार
नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा कम्प्युटर सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा

काठमाडौं ।

कम्प्युटर सुरक्षा दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख प्राविधिक अधिकृत धवल भरत दवे, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, विनोद कुमार ढुङ्गेल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई भर्चुअल कार्यक्रम मार्फत उक्त प्रतिज्ञा गराए ।

सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० तारिखका दिन “कम्प्युटर सुरक्षा दिवस” मनाइँदै आएको छ।

प्रकाशित: १५ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार