
काठमाडौं ।
अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ।
अविताले बजारमा एक अतुलनीय तर निर्बाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त छ । यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृङ्खलाहरु ल्याएको छ। यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपुर्व विशेषताले भरिपुर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ।
नेपाली बजारमा म्याट्रिक्स प्रालिले अविताका ल्यापटपहरु आधिकारीकरुपमा ल्याएको हो। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीले आगामी दिनमा एसेसरिजहरु समेत ल्याउने बताएको छ।
म्याट्रिक्समा फोर्ड नेपालका आकाश गोल्छाको समेत संलग्नता तथा सहकार्य रहेको छ। कम्पनीका निर्देशक गोल्छाले सर्भिस सेन्टर समेत स्थापना गर्ने र ग्राहकहरुलाई बिक्री पछिको सेवा उपलब्ध गराउने बताए।
“हामीले हाल नियोटेरिकसँग मिलेर सर्भिस सेन्टर चलाउने छौं र पछि आफ्नै सर्भिस सेन्टर हुनेछ। ग्राहकलाई कुनै गुनासो गर्न दिनेछैनौं,” उनले भने ।
यो ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्नेछ।

सबै अविताका उत्पादनहरू २ वर्षको अन–साइट वारेन्टीसहित आउँदछन् भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउँदछ।
नेक्स्टजिओ कम्पनी लिमिटेडका सीईओ र सह–संस्थापक एलेक्स चुङले आफ्नो विचार साझा गर्दै भने, “हामी अन्तहः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौं ।”
अविताका क्षेत्रिय व्यापार निर्देशक सीमा भटनागरले भनिन् “अविताका नयाँ ल्यापटप शृङ्खलालाई नेपालका प्राविधिक प्रयोगकर्ता माझ ल्याउन पाउँदा अत्यन्त उत्साहित छौँ। हामी विशिष्ट सिरीजका ल्यापटपहरु ल्याउनेछौँ जसले ग्राहकमा बढ्दो माग सृजनन गर्नेछ। एउटा अन्तराष्ट्रिय टेक ब्रान्ड रहनुका कारण हामी ल्यापटप खरीदकर्ताहरुका लागि एक शीर्ष छनौट बन्ने र आफ्नो हर क्षमता अनुसार सेवा प्रदान गर्न तत्पर छौँ।”
अविताका ल्यापटपहरु न्यूनतम ३५ हजार रुपैयाँदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित: १५ मंसिर २०७८, बुधबार