Technology Khabar ७ असार २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ७ असार । स्प्राईट ‘क्लियर बोल’ प्रतियोगिता पाँच जना र्यापरहरु निर्णायक प्रतिस्पर्धामा छनौट गर्दै सम्पन्न भएको छ । बिजेताहरुले र्याप, स्ल्याम पोयट्री, स्ट्याण्ड अप परफरमेन्स, ए क्यापेला, स्पीड पोयट्री, बीट बक्सका चुनौतीहरु पार गरेको कम्पनीले जनाएको छ ।
बिजेताहरुमा इरान पौडेल एक्यापेला तर्फ, विदेश कार्की र्यापररबीटबक्स तर्फ, सरोज कार्की ए.के.ए. रकेट र्यापर तर्फ, महेन्द्र थापा बीटबक्स तर्फ र छिरिंग तामांग बीटबक्स तर्फबाट बिजयी भएका थिए । नेपालका विभिन्न ९ शहरहरुबाट छानिएका १८ प्रतिस्पर्धिहरुमध्ये अन्तिम निर्णय गरिएको हो ।
कोका कोला बोटलर्स नेपालका निर्देशक, पुनित वास्नेले फेरी नयाँ सिजनका साथमा आउने र धेरै नेपालीहरुलाई उनिहरुको प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताए ।
बिजेताहरुले र्यापर यम बुद्धसँग र्याप गितका लागि सहकार्य गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ७ असार २०७३, मंगलवार