
काठमाडौं ।
ट्विटरका सहसंस्थापक तथा सिईओ ज्याक डोर्सीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सो बारेमा एक पत्र ट्विटरमा सार्वजनिक गर्दै आफू अब तत्काल बोर्डमा मात्र रहने र पछि कम्पनी नै छोड्ने बताएका हुन्।
डोर्सीले आफ्नो स्थानमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पराग अग्रवाललाई सिईओ बनाएको घोषणा गरेका छन् । अग्रवालले आगामी दिनमा ज्याकको स्थान लिने भन्दै उनको नेतृत्वमा कम्पनी सफल हुने बताए ।
यसका साथै उनले ब्रेट टेलरलार्इं बोर्डमा ल्याउने बताएका छन् । उनले कम्पनीको बोर्डलाई ससक्त बनाउने उल्लेख गरेका छन् ।
यसका साथै डोर्सीले आफू निश्चित समय अर्थात कम्पनीको रुपान्तरण समयावधीसम्म मात्र बोर्डमा बस्ने र त्यसपछि बोर्ड सदस्य पनि छोड्ने जानकारी दिए ।
थोरै मात्र कम्पनीका संस्थापकहरुले आफ्नो ईगोभन्दा माथि कम्पनीलाई राख्ने गरेको भन्दै ट्विटरलाई पनि इगो भन्दा माथि भएको संकेत गरे ।
प्रकाशित: १३ मंसिर २०७८, सोमबार