
काठमाडौं ।
उद्योग विभाग आगामी फागुनदेखि पूर्ण रुपमा लागू गर्नेगरी विद्युतीय रुपमा जानका लागि एकद्वार प्रणालीमा जोडिएको छ।
विभागले आईतबार एक सूचना जारी गर्दै भन्सार जाँचपाससँग सम्बन्धित अनुमतिपत्र, इजाजत, प्रमाणपत्रलगायतका कागजातहरु आगामी फागुन १ गतेदेखि अनलाईनबाटै स्वीकृत गर्नेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गरेको जानकारी दिएको हो।
विभागका अनुसार सो मितिसम्म निकासी पैठारीकर्ताले अनुमति लिने, शुल्क बुझाउने लगायतका कामहरु म्यानुअल्ली तथा डिजिटल माध्यम दुबैबाट गर्न सक्नेछन् ।
तर फागुन १ गतेदेखि भने पूर्णरुपमा सम्पूर्ण कामहरु डिजिटल माध्यमबाटै हुनेछ। निकासी पैठारीकर्ताहरुले अनलाईनबाटै विभिन्न कागजातसँगै शुल्क समेत भुक्तानी गर्न सकिने सुबिधा विभागले मिलाएको छ।
भन्सार विभागले आयात–निर्यातसँग सरोकार राख्ने सेवाप्रदायक र सेवाग्राहीलाई अनलाइनको माध्यमबाट एकआपासमा आबद्ध गर्न एकद्वार प्रणालीको अवधारणा ल्याएको थियो।
प्रकाशित: १३ मंसिर २०७८, सोमबार