डिजिटल लर्निङ्ग सेन्टर स्थापना गरी अडियो भिडियोसहित पढाउने तयारी छ : अर्थमन्त्री शर्मा

  • Technology Khabar | १२ मंसिर २०७८, आईतवार
डिजिटल लर्निङ्ग सेन्टर स्थापना गरी अडियो भिडियोसहित पढाउने तयारी छ : अर्थमन्त्री शर्मा

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयहरूलाई उद्यमशील बनाउने नीति अन्तरगत सरकारले पढ्दै कमाउँदै कार्यक्रम ल्याएको बताएका छन्।

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले देशभर ‘डिजिटल लर्निङ्ग सेन्टर’हरू स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट पढाईने स्पष्ट पारे।

‘कम्तिमा १२ कक्षा उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने खालको शिक्षा नीति सरकारले ल्याएको छ। आगामी शैक्षिक सत्रदेखि देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ्ग सेन्टर’हरू स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने तयारी रहेको छ,’ अर्थमन्त्री शर्माले भने।

उनले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताए । अबको पाँचदेखि सात वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने समेत दाबी गरे।

त्यसैगरी अर्थमन्त्रीले गरिबी र अभावमा समाजवाद नआउने बताए।

प्रकाशित: १२ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १२ मंसिर २०७८, आईतवार