Technology Khabar ३ असार २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ३ असार । सामसुंगको आउन लागेको ग्यालेक्सी नोट सेभेन यहि अगस्ट २ तारिखमा न्यूयोर्कमा सार्वजनिक हुने अनुमान गरिएको छ, जसको बारेमा विभिन्न समाचार तथा जानकारीहरु आई नै रहेका छन् ।
सामसुंगको ग्यालेक्सी नोटको नम्बर सिक्स नभई सेभेन हुने विभिन्न रिपोर्टहरु आईसकेका छन जुन ग्यालेक्सी एस सेभेन सिरिजसँग मिलाउन लागिएको अनुमान गरिएको छ । त्यसैगरी नयाँ नोट एस सेभेन एज जस्तै एज भर्सनमा आउने बताईएको छ ।
सामसुंगले ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजको बजारमा सकारात्मक असरको फाईदा उठाउन र ग्राहकहरुलाई नयाँ नोट फोन छिटै दिने तयारी गरिरहेको छ । कम्पनीले नयाँ डिभाइसका लागि सप्लायर्सबाट विभिन्न कम्पोनेन्टहरु मगाईरहेको र नोट सेभेन जूलाईमा मास प्रोडक्सनमा जाने जानकारीहरु आईरहेका छन् ।
सामसुंगले ५० लाख नोट सेभेनको यूनिट उत्पादन गर्ने योजना राखेको छ जुन फोन जुलाई र अगस्ट महिनाभित्र उत्पादन हुने रिपोर्टमा उल्लेख छ । कम्पनीले यी दुई महिनामा २५ लाख यूनिटको माग हुने अनुमान गरिएको छ ।
कम्पनीको उत्पादन योजना हेर्दा यसअघिको नोट फाईभ भन्दा नोट सेभेन निकै राम्रो बिक्री हुने अपेक्षा कम्पनीले राखेको देखिन्छ ।
माध्यम १ माध्यम २
प्रकाशित: ३ असार २०७३, शुक्रबार