
काठमाडौं ।
महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्घाटन गरिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्घाटन गरेका हुन्।
उक्त अवसरमा प्रहरी र अन्य व्यक्तिहरुलाई प्रशंसापत्रसमेत उनले प्रदान गरे। महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रणका लागि गरिएको प्रहरी परिचालनको प्रक्रियासमेत कम्प्युटरमा अभिलेखीकृत हुने गरी उक्त कन्ट्रोल रुमको निर्माण गरिएको उक्त परिसरले जनाएको छ।
प्रकाशित: ७ मंसिर २०७८, मंगलवार