ओपोले आफ्नो स्मार्टटिभी पहिलो पटक चीन भन्दा बाहिर बजारमा उपलब्ध गराउँदै

  • Technology Khabar | ७ मंसिर २०७८, मंगलवार
ओपोले आफ्नो स्मार्टटिभी पहिलो पटक चीन भन्दा बाहिर बजारमा उपलब्ध गराउँदै

काठमाडौं ।

ओपो टिभी पहिलो पटक चीन भन्दा बाहिरको बजारमा जाने भएको छ । कम्पनीको भारतीय बजारमा लन्च टाइमलाइन खुलासा गरिएको छ, तर कम्पनीले सबै नयाँ स्मार्ट टिभी लाइनअप अनावरण गर्नेछ वा एउटा मोडल मात्र ल्याउने छ भन्ने बारेमा अझै अस्पष्ट छ।

चिनियाँ उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीले भारतमा नयाँ स्मार्ट टिभी ल्याउने तयारी गरिरहेको छ। यसअघि नै वनप्लस र रियलमी सहित बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा रहेका लोकप्रिय स्मार्टफोन ब्रान्डहरूले पहिले नै भारतमा स्मार्ट टिभीहरू लन्च गरिसकेका छन्।

रियलमी टिभी र वनप्लस टिभीले भारतमा शाओमीका रेडमी टिभी र एमआई टिभीसँग प्रतिस्पर्धा गर्छ।

अब, ओपोले चाँडै नै भारतीय बजारको लागि आफ्नो पहिलो स्मार्ट टेलिभिजन घोषणा गरेर स्मार्टटिभी ब्यान्डवागनमा प्रतिस्पर्धा गर्ने भएको छ।९१मोबाइल्सले ओपो स्मार्ट टिभी इन्डिया लन्च टाइमलाइनमा थप प्रकाश पारेको छ।

हाल ओपोका टिभीहरु चीनमा मात्र उपलब्ध छन् भने कम्पनीले भारतीय बजारबाट विश्व बजारमा प्रवेश गर्ने योजना लिएको बताईएको छ। पहिलो चरणमा कम्पनीले के सिरिजका टिभीहरु २०२२को शुरुवातमा लन्च गर्नेछ।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • ७ मंसिर २०७८, मंगलवार