करिब एक महिना बन्द भएपछि सुडानमा इन्टरनेट सेवा सुचारु

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
करिब एक महिना बन्द भएपछि सुडानमा इन्टरनेट सेवा सुचारु

काठमाडौं ।

अफ्रिकी मुलुक सुडानमा २५ अक्टोबरदेखि बन्द गरिएको इन्टरनेट सेवा सुचारु भएको आधिकारिक समाचार एजेन्सी सुनाले जनाएको छ।

देशभित्रका सबै सञ्चार कम्पनीहरूमार्फत इन्टरनेट सेवा क्रमशः उपलब्ध हुँदै गरेको बताईएको छ।

सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल-बुर्हानले सार्वभौम परिषद् र सरकार भंग गर्नेलगायतका उपाय अपनाएपछि सुडानमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

गएको ९ नोभेम्बरमा सुडानी अदालतले सञ्चार कम्पनीहरूलाई तुरुन्तै इन्टरनेट सेवा सुचारु गर्न निर्देशन दिँदै आदेश जारी गर्‍यो, तर त्यो आदेश कार्यान्वयन भएन।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार