ओपोले पहिलो ईलेक्ट्रिक भेहिकल २०२४ को शुरुवातसम्म भारतमा लन्च गर्ने अनुमान

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
ओपोले पहिलो ईलेक्ट्रिक भेहिकल २०२४ को शुरुवातसम्म भारतमा लन्च गर्ने अनुमान

काठमाडौं ।

बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा रहेका ओपो, रियलमी र वनप्लस जस्ता चिनियाँ स्मार्टफोन ब्रान्डहरूले भारतमा विद्युतीय सवारीसाधनहरू लन्च गर्ने क्रममा काम गरिरहेको बताइएको छ। यी ब्रान्डहरूले भारतमा ईभी र चालकरहित कारहरू सहित विभिन्न प्रकारका अटो उत्पादनहरूका लागि ट्रेडमार्क दायर गरेका छन्।

हालैका समयमा भारतमा विद्युतीय सवारी साधनको निरन्तर वृद्धिलाई ध्यानमा राख्दै, कम्पनीहरूले एक्सनमा जानचाहनु कुनै अचम्मको कुरा होइन। जसको बारेमा टिपस्टर मुकुल शर्मालाई उदृत गर्दै ९१मोबाइल्सले नयाँ जानकारी लीक गरेको उल्लेख गरेको छ।

टिपस्टरकाअनुसार भारतका लागि ओपोको विद्युतीय सवारीका योजनाहरू साँच्चै वास्तविक छन् र कम्पनीले त्यसका लागि योजना प्रक्रिया नै सुरु गरिसकेको छ। ओपो ईभीज लन्च २०२३को अन्त्य र २०२४ को शुरुवातका बीचमा हुनेछ।

तर ओपो ईभीज (OPPO EVs) को बारेमा कुनै प्राविधिक वा हार्डवेयर विवरणहरू जानकारीमा छैन तर कम्पनीले आगामी महिनाहरूमा ओपोको विद्युतीय सवारीको प्रगतिको विकासको बारेमा थप विवरणहरू ल्याउनेछ।

ओपोले आफ्नो ईलेक्ट्रिक भेहिकल उत्पादनको लागि तेस्रो-पार्टी निर्माताहरूसँग साझेदारी गर्छ वा यसले कम्पोनेन्टहरू आउटसोर्स गरेर ईभीहरू इन-हाउस नै उत्पादन गर्नेछ भनेर हेर्न बाँकी छ। ओपो जस्ता स्मार्टफोन कम्पनीले विद्युतीय सवारीसाधनको सन्दर्भमा के ल्याउँछ भन्ने हेर्न चाखलाग्दो हुनेछ।

विश्वभर ईलेक्ट्रिक भेहिकलमा टेक कम्पनीहरुको रुची बढिरहेको छ । जसमा एप्पल, गुगल, ह्वावे, शाओमी जस्ता कम्पनीहरु समेत लाइनमा लागेका छन् । त्यसैले ओपोले पनि सो क्षेत्रमा हात हाल्नु कुनै नौलो भने होईन्।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार