‘खल्ती’ बाट एशियन इन्स्योरेन्सको नविकरण बीमा शुल्क भुक्तानी गर्न सकिने

  • Technology Khabar | ५ मंसिर २०७८, आईतवार
‘खल्ती’ बाट एशियन इन्स्योरेन्सको नविकरण बीमा शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं ।

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट सिधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो।

यो सुविधा कार्यान्वयनमा आए सँगै अब एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।

“हामीले देखिरहेका छौं कि कसरी संसार नगदबाट नगदरहित सिस्टममा परिवर्तन हुँदैछ। हामी विश्वास गर्छौं कि ’खल्ती’ सेवा मार्फत ग्राहकहरूले आफ्नो बीमा प्रिमियम अनलाइन तिरेर बहुमूल्य समय बचाउन सक्नेछन्।” ‘खल्ती’ का मर्चेन्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले बताइन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः

  • ‘खल्ती’ एप लग-इन गरि “इन्स्योरेन्स” आइकनमा ट्याप गर्ने
  • एशियन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
  • “DOB” र “Policy Number ” भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
  • अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने

रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसी अनिवार्यरुपमा भेरीफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ५ मंसिर २०७८, आईतवार