शाओमी लगातार चौथो त्रैमासिकसम्म नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
शाओमी लगातार चौथो त्रैमासिकसम्म नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरको तेश्रो त्रैमासिक २०२१ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “आइडिसीको रिपोर्ट अनुसार हामी लगातार चौथो क्वार्टरसम्म नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छौं। हामी हाम्रा मी प्रशंसकहरुबाट पाएको माया र समर्थनको लागि आभारी छौंँ र हामीले भविष्यमा आफ्नो लागि कायम गरेका सबै लक्ष्यहरु पूरा गर्नको लागि निरन्तर प्रयासरत रहेका छौँ ।”

पोको एफ ३, रेडमी नोट १० प्राइम सेरिज, पोको एफ ३ जीटी जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै शाओमीले नेपालमा एमआईमी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क र हालसालै एमआई प्याड ५ लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ। शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा २००० भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६०० भन्दा धेरै एमआई प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गरेको जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...