टेस्लाको चिनियाँ प्रतिस्पर्धी एक्सपेङद्वारा नयाँ विद्युतीय एसयूभी सार्वजनिक

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
टेस्लाको चिनियाँ प्रतिस्पर्धी एक्सपेङद्वारा नयाँ विद्युतीय एसयूभी सार्वजनिक

काठमाडौं ।

चिनियाँ अटो निर्माता एक्सपेङले शुक्रबार नयाँ विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) सार्वजनिक गरेको छ।

चीनमा नयाँ उर्जा सवारीको बजारमा दैनिक रुपमा प्रतिस्पर्धा बढ्दै गइरहेकोले उक्त सवारी ल्याएको कम्पनीले जनाएको छ।

एक्सपेङले हाल सार्वजनिक गरेको जी९ नामक विद्युतीय एसयूभी कम्पनीको चोथो उत्पादन मोडल हो। कम्पनीले यो कार चीनमा आगामी सन् २०२२ को तेस्रो त्रैमासमा खरिदका लागि उपलब्ध गराउने योजना बनाएको छ।

समाचार संस्था सीएनबीसीका अनुसार उक्त मामिलासँग सम्बद्ध एक स्रोतले नाम गोप्य राख्ने शर्तमा यो जानकारी उपलब्ध गराएको हो।

तर कम्पनीले पनि यो कार अन्तरराष्ट्रिय बजारका लागि डिजाइन गरिएको बताएको छ। एक्सपेङले आफ्नो पहिलो समुद्रपार बजार नर्वेमा पी७ फ्ल्यागशिप सेडान यसै वर्ष निर्यात गर्न शुरु गरेको थियो।

‘जी९ अन्तरराष्ट्रिय तथा चीनको बजारका लागि डिजाइन गरेर बनाइएको हाम्रो पहिलो मोडल हो। यसमा हामीले हाम्रा विश्वभरका उपभोक्तालाई सबैभन्दा अत्याधुनिक डिजाइन पस्किने प्रयास गरेका छाैं’, एक्सपेङका सह-संस्थापक हेनरी शियाले प्रेस वक्तव्यमा उल्लेख गरेका छन्।

सार्वजनिक भएसँगै जी९ एक्सपेङको सूचीमा चाैथो कारका रुपमा सूचीकृत भएको छ। यसअघि कम्पनीले जी३ एसयूभी तथा पी७ र पी५ सेडान बजारमा ल्याइसकेको छ। विद्युतीय एसयूभीको लाइनअपमा दोस्रो जी९ एक्सपेङको बजारमा निकै प्रतिस्पर्धा भएको सेगमेन्टको गाडीका रुपमा रहेको छ।

एक्सपेङ जी९ ले टेस्लाको मोडल वाई, नियोको ईएस६ तथा लाई अटोको लाई वनसँग प्रतिस्पर्धा गर्ने बुझिएको छ।

कम्पनीले यसको मूल्य र विवरण भने बाहिर ल्याएको छैन। तर यसमा कम्पनीको अत्याधुनिक ड्राइभर-असिस्टेन्स सिस्टम (एडीएस) एक्सपाइलट ४.० रहेको छ। यो फिचर कम्पनीले आगामी सन् २०२३ को पहिलो ६ महिनाभित्र सार्वजनिक गर्ने योजना बनाएको छ।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार