ह्वावेद्धारा ह्वावे कनेक्ट २०२१ को आयोजना, नविनतम प्रविधि र त्यसको उपयोगहरु बारे चर्चा

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
ह्वावेद्धारा ह्वावे कनेक्ट २०२१ को आयोजना, नविनतम प्रविधि र त्यसको उपयोगहरु बारे चर्चा

काठमाडौं ।

“डाइभ इन्टु डिजिटल” थिममा ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक कार्यक्रम “ह्वावे कनेक्ट २०२१”आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा ISP क्षेत्रका ICT उद्योगका सरोकारवालाहरू, TU र KU का प्राध्यापक र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा ह्वावेले मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल सोलार एनर्जी, क्लाउड सेवा र 5G जस्ता प्रविधिहरूको व्यावहारिक एप्लिकेशनहरू छलफल गर्दै बिताएको थियो । ह्वावेका अन्तर्राष्ट्रिय वक्ताहरु र नेपालमा रहेका ह्वावेका व्यापारिक साझेदारहरुले कार्यक्रममा आ–आफ्ना प्रस्तुति दिए ।

कार्यक्रमका लागि स्वागत मन्तव्य ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष तथा ह्वावे नेपाल बोर्डका अध्यक्ष चाङ चङचुनले राखेका थिए । चुनले महामारीको अवधिमा विश्वभरका सबै व्यक्तिका लागि डिजिटल प्रविधि र कनेक्टिभिटी आवश्यक भएको र उन्नत कनेक्टिभिटी र कम्प्युटिङले आर्थिक पुनरुत्थान र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा प्रकाश पारे। उनले डिजिटल प्रतिभा विकास गर्ने नेपालको क्षमतामा ठूलो विश्वास व्यक्त गर्दै यस क्षेत्रको डाटा सेन्टर हबको रूपमा नेपाल अघि बढ्ने आशा पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सहसचिव दत्तले भरपर्दो र व्यापक डिजिटल कनेक्टिभिटीको आवश्यकता र महामारी पछिको पुन: प्राप्तिको लागि डिजिटल डिभाइडलाई जोड्न आवश्यक रहेको कुरामा जोड दिए।उनले महामारीको समयमा पनि फोरजी विस्तारमा ह्वावेको भूमिकालाई लिएर ह्वावेको प्रशंसा गरे।

कार्यक्रममा ह्वावेले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ् सँगको सहकार्यको औपचारिक सुरुवात गरेको थियो । आफ्नो डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम पहल अन्तर्गत, ह्वावेले आगामी ५ वर्षमा १०,००० डिजिटल प्रतिभाहरू विकास गर्ने आशा राखेको छ । IOE सँग सहकार्य गर्दै ह्वावेले ह्वावे नेपाल ICT एकेडेमी, एक अत्याधुनिक ICT ल्याब निर्माण गर्नेछ जहाँ विद्यार्थीहरूको पहुँच नवीनतम प्रविधि र ह्वावेका सर्टिफिकेशन कार्यक्रमहरूसम्म हुनेछ र ह्वावे विशेषज्ञहरूद्वारा प्रदान गरिएका कक्षाहरूमा पनि उपस्थित हुन पाउनेछन् । IoE का एक्टिङ डीन प्रा. डा. चिन्तामणि पोखरेल र ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले समझदारीपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रमको दौरान ह्वावे डार्विन हलको भर्चुअल भ्रमण देखाइएको थियो – यसको 5G प्रदर्शनी हल जुन ह्वावे मुख्यालय शेन्जेनमा अवस्थित छ जहाँ डोरियन लसन, ह्वावेका वरिष्ठ विशेषज्ञले AR पर्यटन देखि ग्रामीण टेलिमेडिसिन र ग्रामीण शिक्षालाई सक्षम पार्न 5G को व्यावहारिक एप्लिकेशनको बारेमा कुरा गरे ।

जस्टिन चेन, ह्वावे एशिया प्यासिफिक इन्टरनेट सेवाका वरिष्ठ सोलुसन म्यानेजरले ISP बिजनेसको नयाँ कन्सेप्ट F5G फिक्स्ड नेटवर्क र यसको भविष्यलाई हाइलाइट गर्दै ह्वावेको नयाँ एण्ड–टु–एण्ड सोलुसनमा प्रेजेन्टेसन प्रस्तुत गरे । ह्वावेको नवीनतम प्रविधि र सोलुसनको समर्थनले नेपालमा ISP हरू बढ्दै गएका छन् र नेपाली ISP बजारमा वृद्धिको पूर्व अनुमान गर्दै छन् ।

डिस होम मार्फत इन्टरनेट बजारमा प्रवेश गर्दै आएको अग्रणी होम टिभी सेवा प्रदायक डिस मिडियाका प्रबन्ध निर्देशक, सुदीप आचार्यले ह्वावेको आईएसपी सोलुसनहरूमा आफ्नो विश्वास व्यक्त गर्दै आईएसपी क्षेत्रमा कम्पनीको महत्वाकांक्षी योजनाहरू साझा गर्नुभयो । डिस मिडियाका COO स्वेन विलिग र CTO मनोज केसीले कम्पनी कसरी नेपाली ISP बजारमा एक अग्रणी खेलाडीको रूपमा उक्लिएको छ भन्ने बारे बिस्तारमा कुरा गरे।

सोमा शेखर विरान्ना, ह्वावे एशिया प्यासिफिक डाटा सेन्टर फसिलिटि सोलुसनका क्षेत्रीय निर्देशकले ह्वावेको पूर्वनिर्मित मोड्युलर डाटा सेन्टर र इनडोर डाटा सेन्टर बारे आफ्नो प्रेजेन्टेसन प्रस्तुत गरेका थिए। ह्वावेको प्रि–फेब्रिकेटेड डाटा सेन्टर नख्खुमा तैनाथ गरिएको एनसेलको तर्फबाट बोल्दै, दीपेन्द्र शाह र रञ्जन शर्माले दक्षिण एसियाकै सबैभन्दा ठूलो IDC (एकीकृत डाटा सेन्टर) निर्माण गर्ने बारे आफ्नो अनुभव व्यक्त गरे र एनसेलको डाटा सेन्टर सेवा व्यवसायलाई विस्तार गर्ने आफ्नो योजना बारे पनि बताए।

ह्वावे एशिया प्यासिफिक फ्युजनसोलार सोलुसनका सोलुसन निर्देशक लियो ह्वाङले ह्वावेको डिजिटल सोलार एनर्जी सोलुसनमा आफ्नो प्रेजेन्टेसन प्रस्तुत गरे। विगत ३ दशकदेखि दूरसञ्चार पूर्वाधार प्रमुखको रूपमा ह्वावेले रीमोट अफ–ग्रिड स्थानहरूमा निर्मित बेस स्टेशनहरूको लागि थप पावर–इफिसियन्ट सोलुसनहरू बनाउन काम गर्नुपरेको छ। हासिल गरिएको यो विशेषज्ञताले ह्वावेलाई नवीकरणीय ऊर्जामा लगानी गर्न प्रेरित गरेको छ । “कार्बन न्युट्रालिटी” को विश्वव्यापी प्रवृति र स्वच्छ उर्जाको प्राथमिक स्रोत मध्ये एक सोलार उर्जाको भविष्य उज्ज्वल हुने कुरामा ह्वावेलाई विश्वास छ । ह्वावेको डिजिटल सोलार सोलुसनले नेपाललाई ऊर्जा क्षेत्रमा रूपान्तरण गर्न मद्दत गर्ने कुरामा ह्वाङ विश्वस्त थिए।

ह्वावे क्लाउड एशिया प्यासिफिक इमर्जिङ मार्केट्सका प्रबन्ध निर्देशक, डेभिड लिउले ह्वावेको सार्वजनिक क्लाउड व्यवसायको लागि “एभ्रीथिङ्ग एज अ सर्भिस” मोडेलमा आफ्नो प्रेजेन्टेसन प्रस्तुत गरे। लिउले ह्वावे क्लाउडको फुल स्ट्याक उत्पादन र सोलुसनहरू प्रस्तुत गरे । ह्वावेको क्लाउड पार्टनर Applyjob.com र Soft9 का CEO सुशील पाण्डेले ह्वावे क्लाउडसँग काम गर्दाको आफ्नो अनुभव व्यक्त गरे र यो प्रतिस्पर्धी भन्दा छरितो, अधिक कुशल र अधिक युजर–फ्रेन्डली भएको बताए । ह्वावे क्लाउडले नेपालको डिजिटल रूपान्तरणलाई गति दिँदै नेपाललाई उत्कृष्ट क्लाउड सेवा प्रदान गर्न स्थानीय साझेदार र इकोसिस्टमसँग सहकार्य गर्ने योजना बनाएको छ ।

ह्वावे आफ्नो इनोभेटिभ उत्पादनहरू र सोलुसनहरू सहित नेपालमा रहेका सबै ICT उद्योग सरोकारवालाहरू र सम्पूर्ण देशलाई फाइदा पुर्‍याउन डिजिटलको गहिराईमा गइरहनेछ।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार