
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले २७० जना कर्मचारी भर्ना गर्ने भएको छ। कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्म गरि विभिन्न २० पदहरुका लागि आवेदन माग गरेको छ।
कम्पनीले शुक्रबार खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशन गर्दै उपप्रबन्धकमा टेलिकम तीन, लेखा एक र प्रशासन एक गरी पाँच जना भर्ना गर्ने भएको छ।
सबैभन्दा धेरै माग टेक्निसियन पदमा ५३ जनाको लागि रहेको छ।
त्यस्तै वरिष्ठ टेलिकम इन्जिनियर दुई जना, वरिष्ठ लेखा अधिकृत चार जना, वरिष्ठ प्रशासकीय अधिकृत दुई जनाका लागि समेत आवेदन दिन सकिनेछ।
यसैगरी वरिष्ठ व्यापार अधिकृतमा एक जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर नौ जना मागिएको छ । यसैगरी सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनाका लागि समेत टेलिकमले भर्ना गर्ने भएको छ।
दरखास्त आह्वान गरिएका पदमा भर्ना गरिने कर्मचारीहरूलाई कम्पनीका विभिन्न निर्देशनालय, विभाग तथा काठमाडौं उपत्यका बाहिरका कार्यालयहरूमा खटाइने सूचनामा उल्लेख छ।
यदि तपाईँपनि टेलिकममा जागिर गर्न चाहनुहुन्छ र आवेदन दिन चाहनुहुन्छ भने अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नुहुनेछ।
त्यसको लागि यहाँ क्लिक गरी तोकिएको प्रक्रिया अनुसार अनलाइन आवेदन दिन सक्नेछन् ।

हेर्नुस् पुरै सूचना-

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार