गभर्नर अधिकारीले भने- प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी हुनेछ

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
गभर्नर अधिकारीले भने- प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी हुनेछ
फाइल तस्बिर

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन्।

नेपाल क्लियरिङ्ग हाउसले बिहीबार नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनी गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी विकास हुने बताए ।

गभर्नर अधिकारीले अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर–आबद्धता कायम हुने बताए ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण कार्यक्रमले नेपालमा डिजिटल भुक्तानी प्रणाली कारोबारलाई प्रविधिमैत्री बनाउन थप सहयोग पुग्ने बताए।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले विगत १३ वर्षको अन्तरालमा नेपाल क्लियरिङ्ग हाउसले नेशनल पेमेन्ट स्वीचको थालनी गर्नु धेरै राम्रो काम भएको बताए।

सोही कार्यक्रममा एनसीएचएलले नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुने २९ वटा बैंक तथा वित्तीय संस्थासँग बिहीबार सम्झौता गरेको छ।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार