काठमाडौं ।
रियलमीको सहायक ब्रान्डका रुपमा आएको डिजोले सार्वजनिक भएको ४० दिनमा १ लाख थान डिजो वाच २ बिक्री गरेको छ।
गत सेप्टेम्बरमा सार्वजनिक भएको यो डिभाइस भारतमा पहिलो सेलको १५ दिनभित्र ५० हजार थान बिक्री गरेको थियो। यसै सिलसिलामा डिजोले बिहीबार ४० दिनभित्र १ लाख थान बेचेको दावी गरेको हो।
यो आँकडा भारतमा स्मार्टवाचको इतिहासमै सबैभन्दा छिटो बिक्रीको आँकडा भएको बताइएको छ।
100k consumers bought #DIZOWatch2 in merely 40 days after it hit the market – the fastest-selling product in the smartwatch history, and the number is still soaring????
To thank everyone, we have a surprise. Do you want to take a guess what it could be? #DIZO #realmeTechLife pic.twitter.com/2MYXtjjjHc
— DIZO (@DIZOTech) November 17, 2021
डिजो वाच २ भारतमा २,९९९ भारुमा उपलब्ध गराइएकोमा छ तर निश्चित समयका लागि १,९९९ भारुमा बिक्री गरिएको थियो। जिंक अलोयले बनेको डिजो वाच २ मा १.६९ इन्चको डिस्प्ले रहेको छ।
क्लासिक ब्ल्याक डार्क ग्रीन मिन्ट ग्रीन सिल्भर ग्रे गोल्डेन पिंक तथा आइभोरी ह्वाइट गरी ६ रंगमा आउने यो डिभाइस ५एटीएम वाटर रेजिस्टेन्सका साथमा उपलब्ध हुन्छ। यसमा २६० एमएएच क्षमताको ब्याट्री दिइएको छ भने यसले १५ ओटा इन्डोर तथा आउटडोर सपोर्ट गर्ने बुझिएको छ।
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार