फोर्टनाइटद्वारा चीनमा रहेका आफ्ना सबै सर्भर बन्द

  • Technology Khabar | २ मंसिर २०७८, बिहीबार
फोर्टनाइटद्वारा चीनमा रहेका आफ्ना सबै सर्भर बन्द

काठमाडौं ।

अनलाइन गेमिङ कम्पनी फोर्टनाइटले चीनमा रहेका आफ्ना सबै सर्भरहरु बन्द गरेको छ।

सन् २०१८ देखि कम्पनीले चीनमा मोबाइल गेमहरु उपलब्ध गराउँदै आएको थियो। तर उक्त क्षेत्रमा उपलब्ध गेमहरु सरकारी नियामकहरुको कडाइका कारण बिटा चरणमा मात्र रहेका थिए।

तर अहिले भने डेभलपरहरुले आधिकारिक रुपमा चिनियाँ फोर्टनाइट सर्भरहरु बन्द गराएको हो।

डेभलपरहरुले ती सर्भरहरु बन्द गर्नुको कुनै मुख्य कारण बताएका छैनन्। तर पछिल्ले समयमा सरकारले गेमिङ तथा प्रविधि क्षेत्रमाथि निकै कडाइ गरेकाले त्यसै कारणले उक्त निर्णय आएको हुन सक्ने आकलन गरिएको छ।

हालै चीनमा नियामकले १८ वर्षमुनिका बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी समय अनलाइन गेम खेल्न नपाउने भन्ने नियम लादेको छ।

यसरी नियामकले कडाइ गरिरहँदा गेमसँग सम्बन्धित भर्चुअल सामग्री बिक्री गर्न निकै असहज हुने र चिनियाँ बजारमा फोर्टनाइटको फ्रिमियम बिजनेस मोडलले कुनै काम नगर्ने कम्पनीको अनुभव रहेको छ। यसै हिसाबले नोभेम्बर १५ बाट लागू हुनेगरी चीनमा फोर्टनाइटका सर्भरहरु बन्द गरिएका हुन्।

प्रकाशित: २ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २ मंसिर २०७८, बिहीबार