एप्पल आईफोन १४ श्रृंखला र एप्पल भीआर हेडसेटमा वाइफाइ ६ई सपोर्ट हुनसक्ने

  • Technology Khabar | २ मंसिर २०७८, बिहीबार
एप्पल आईफोन १४ श्रृंखला र एप्पल भीआर हेडसेटमा वाइफाइ ६ई सपोर्ट हुनसक्ने
आईफोन १३ सिरिज

काठमाडौं ।

प्रख्यात एप्पल विश्लेषक मिंग-ची कुओको पछिल्लो रिपोर्टले एप्पल आईफोन १४ श्रृंखला र आगामी एप्पल भीआर हेडसेटमा वाइफाइ ६ई (Wi-Fi 6E) को प्रयोग हुनसक्ने संभावित रूपरेखा दिएको छ।

कुओका अनुसार, आईफोन १४ सिरिज र एप्पल भीआरले २०२२ मा हुने वाइफाइ ६ई ले भविश्यमा थप प्रतिस्पर्धीहरूलाई वाइफाइ ६ई ग्रहण गर्न उत्प्रेरित गर्न मद्दत गर्नेछ। वाइफाइ ६ईले उच्च-गतिको ६गीगाहर्ज कनेक्सन सक्षम गर्दछ जुन एप्पलको भीआर हेडसेटको प्रयोगकर्ता अनुभवको लागि आवश्यक हुनेछ।

हालका धेरै डिभाइसहरूले वाइफाइ ६ई समर्थन गर्दैनन्। यो आशा गरिएको थियो कि आईफोन १३ श्रृंखलाले छिटो सो वाइफाइ ६ई मानक अपनाउनेछ, तर सो सहि सावित भएन्।

अर्कोतर्फ एन्ड्रोइड संसारमा भने यी चीजहरू अलि राम्रो छन् – पिक्सेल ६ र ६ प्रो, ग्यालेक्सी एस२१ अल्ट्रा र जेड फोल्ड ३, शाओमी एमआई ११ अल्ट्रा, असुस आरओजी फोन ५ र जेनफोन ८ सबैमा वाइफाइ ६ई को लागि सपोर्ट छ।

प्रकाशित: २ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार